काठमाडौं । घुम्ती मुक्तक नेपालको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीले गर्नुभएको थियो ।
घुम्ती मुक्तकका वरिष्ठ उपाध्यक्ष कलानिधि दाहालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन शैलेन्द्रकुमार शाहले गर्नुभएको थियो । प्रमुख अतिथिले पानसका दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा रामकाजी कोने, डा.मुरारी पराजुली तथा सुवासचन्द्र ढुंगेललाई पुरस्कृत गरिएको थियो ।
पुरस्कृत व्यक्तित्व त्रयको सम्बन्धमा साहित्यकार प्रमोद प्रधानले प्रकाश पार्नुभएको थियो । कोनेलाई कालिका-शान्ता मुक्तक नायक श्री सम्मान- २०८० तथा पुरस्कार, डा.पराजुलीलाई हरिभक्त-मीना सिग्देल मुक्तक मानक श्री सम्मान-२०८० तथा पुरस्कार र ढुंगेललाई सानु-मखमली मुक्तक साधक श्री सम्मान-२०८० तथा पुरस्कार अर्पण गरिएको थियो । पुरस्कारको राशि जनही १० हजारको रहेको थियो । समारोहमा प्रमुख अतिथिबाट पुरस्कृत व्यक्तिहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रमोद प्रदान, हरिभक्त सिग्देल ‘महेश’ तथा मञ्जु थापालाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गोपीनाथ मैनाली, डा.रामप्रसाद दाहाल, प्रा.डा.गोविन्दमानसिंह कार्की, ठाकुर शर्मा भण्डारी, युवराज मैनाली, प्रा.डा.भरत भट्टराई, वेदमणि घिमिरे, विनोद दाहाल वत्स, राजन न्यौपाने, सरस्वती गौतम, बाजुराम पौडेल, गुप्तबहादुर श्रेष्ठ, सुनील अधिकारी, त्रिभुवनचन्द्र वाग्लेलगायत साहित्यकारहरूको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थितहरूबाट मुक्तक वाचन गरिएको थियो । पुरस्कृत व्यक्तित्व, विशिष्ट अतिथि तथा प्रमुअ अतिथिको मन्तव्यपछि सभापतिको आसनबाट निर्मलरमण पराजुलीले आफ्नो सभापतीय मन्तव्य व्यक्त गर्नुभएको ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच