
चिल्ला कार जहाज वाहन लिई गुड्दै र उड्दै हिँड्यौँ ।
अग्ला भव्य विशाल जो महलमा आराम गर्दै जियौँ ।।
रम्भाका हुलमा बसी रस पियौँ नौला नयाँ वारुणी ।
मिथ्यालाप फिँजाउँदै खरबका स्वामी बन्यौँ मारुनी !!
साँच्चै जीवन मोज भोज रमिता ठम्याउँदै हिँड्दछौँ ।
सेवा न्याय विवेक शासन सफा हप्काउँदै पिड्दछौँ ।।
स्वार्थै स्वार्थ पिएर लुछ्नुु लुुछियो भण्डार खोक्रो बन्यो ।
राम्रा पक्ष पुुछेर बेथिति भरी हाम्रा उचाल्यौँ अहो !!
गाँठो बाँध्न सिपालुु खप्पिस भई मार्यौ छलाङै कति ।
नाना दर्शन वा विचार मतको मूूलै गरायौँ खति।।
हाम्रो दर्शन ‘गाँठ-बन्धन’ अहा ! बण्डा भर्यौँ भाइमा ।
दाईँसासाईँ सकी भकुुर्नु भकुुर्यौँ छुुट्याउँदै दाइमा ।।
खर्बौँ खर्ब पुगेछ लोन अहिले मात्रै विदेशीसित ।
भित्री लोन छ उत्तिकै शिव हरे ! हाम्रै स्वदेशीसित ।।
मन्दी चढ्नुु चढ्यो सबै महँगिए ‘गोविन्द’ हाम्रा प्रजा ।
सत्ताको रसपानमै लुुटुुपुुटूू गर्दै जमाऔँ मजा ।।
समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच