सुरेश भट्ट
हाम्रो समाजमा लोकबोलीमा छोराछोरीको जन्म, नाता, सम्बन्धमा भन्नुपर्दा यसरी भन्ने गरिन्छ । तपाईंहरूको नाता ? ‘हामी दुई एउटै नाल एउटै खोपीका हौं । ती दुई भाइ नाल एउटै खोपी अर्कैका हुन् ।’ यो भनाइ धेरै स्याङ्जातिर चल्दो रहेछ । हाम्रो गोरखातिर पनि नचल्ने त होइन तर त्यति धेरै होइन । गोरखामा आमा दुईटा बाउ एउटै भन्छन् । दुई गुणका भन्छन् । बाउलाई ‘नाल’ आमालाई ‘खोपी’ बडा रमाइलो शब्द चयन गरेजस्तो लाग्छ । हाम्रोतिर कसैले कुनै अर्घेलो गर्यो भने हेर त फलानाको छोरा र फलानाको छोरीको चाल हिउँदमा खोपी खेले छन् अहिले बर्खामा नाइटो सुन्निएको छ । योनीलाई खोपी त गोरखाका गाउँघरमा पनि भन्छन् ।
खोपी भन्नाले पत्नीको, रानीको ओच्छ्यानलाई पनि भन्ने गर्छन् । सुत्केरी हुँदा राख्ने कुनाको ओच्छ्यानलाई पनि खोपी भन्ने गरिन्छ । कतिपयले मूल ओच्छ्यान पनि भन्छन् । हामी त एक नाल भन्ने बित्तिकै घरकै नालमा पो बुझ्न पुग्छौं । बाउको नालतिर त जनबोलीमा नभएकाले जान्दै जान्दैनौं । दुई नाल भन्यो भने दुईनाले घर भन्ने सम्झन्छौं । यसै प्रसंगमा पृथ्वीनारायणको दिव्य उपदेशमा पनि हामी तीन खोपीका भाइबहिनी भनेर बताइएको छ । दरबारीयाहरूमा बढी खोपी नै भन्ने चलन छ ।
खोपी भनेर पत्नीको, रानीको ओच्छ्यानलाई पनि भन्ने गर्छन् । सुत्केरी हुँदा राख्ने कुनाको ओच्छ्यानलाई पनि खोपी भन्ने गरिन्छ । कतिपयले मूल ओच्छ्यान पनि भन्छन् । नाल भन्ने बित्तिकै घरकै नालमा पो बुझ्न पुग्छौं तर यसका धेरै अर्थ छन् ।
त्यस्तै घर घरानियाहरू पनि खोपी नै भन्ने गर्दछन् । खेलाची गरेरभन्दा नि ! खोपी इज्जतसाथ भन्दा नि ! खोपी नेपाली भाषाको बोलीचालीमा कति मीठो गरी पचिसकेको शब्द छ यो ‘खोपी’ शब्द । हुन त यो खोपा-खोपो जुन घरको भित्तामा, ढिकीघरको भित्तामा, धन्सार कटेराको भित्तामा खोपाखोपी बनाउने र उज्यालोको लागि दीयो राख्ने, कतै भीमसेन पूजा गर्ने, मष्टो देवता पूजा गर्ने आदि काम त्यही खोपा वा खोपीमा गरिन्छ । अर्कोतिर खोपी-खाल्टे खेलिन्छ । जसमा ढपलिन पाइने कि नपाइने भन्ने सर्त पहिले नै निर्धारण गरिन्छ । अग्लो मान्छे खेलाडी छ र ढप लिन्छ भने उसले मारेको मार्यै गर्छ ।
त्यसैले ढप लिन नपाउने शर्त राख्छन् । लक्कु राख्ने र हान्ने काम गर्छन् । छिया परेमा हान्ने नहान्ने पनि सर्त हुन्छ पहिले नै । यसरी खेल्ने खोपीलाई कुनै केटाकेटीको विवाह इतर वा कन्या अवस्थामा यौनसम्पर्क राखेको कुरालाई थाहा पाउनेहरूले हाँसी मजाकमा फलाना-फलानाले खोपी खेलेछन् भनेर हसाउँछन् । कुनै युवायुवतीलाई वा नयकका विवाहितलाई कसैले मजाकमा उडाएरभन्दा खोपी कत्तिको खेलिन्छ त भाइ अथवा पाका दिदीहरूले पनि खुसुक्क जिस्क्याउँछन् रातभरि खोपी खेल्दिहौ त्यही भएर अहिले हाई झिकेर आङ तन्काएकी भन्छन् । यो खोपी शब्द जसरी उत्पति भए पनि जनमानसमा अति नै प्यारो र निसंकोच हुन पुग्दा पिताको नाल शब्दभन्दा माताको खोपी नै बहुचर्चित जस्तो लाग्छ ।
हुन पनि किन नहोस् जन्मने द्वार त्यही खोपी, संभोगीय क्रियाको परम सुखआनन्द त्यही खोपी, सन्तान उत्पादन गर्ने कारखाना त्यही खोपी, सुत्ने स्थानको दरबारीया घरानियाँ बोलीमा त्यही खोपी, ढ्याके खेल्ने, खाल्टे खेल्ने त्यही खोपी, खोपी खेल्ने त्यही खोपी, तन्नेरीले मजाक गरेर भन्ने त्यही खोपी, मष्टो पूजा गर्ने त्यही खोपी, भीमसेन पूजा गर्ने त्यही खोपी, दियो बत्ती बाल्ने उज्यालो पार्ने त्यही खोपी, अँध्यारो कुनाको नाम त्यही खोपी, हरे सुत्केरी राख्ने त्यही खोपी, मूल ओच्छ्यान भन्ने त्यही खोपी, हिउँदमा न्यानो गरी बुढापाका सुताउने त्यही खोपी, धन्न हो खोपी !
यति हुँदाहुँदै नि चर्चामा नआउने त्यही खोपी, सम्मान र स्थान नपाउने त्यही खोपी, यतिमात्र नभएर बारम्बार बलजफ्तीमा/ बलात्कारमा पर्ने त्यही खोपी, बलत्कारमा परेका नानी, नाबालक किशोरी, युवा वृद्धा बलात्कारमा पर्ने त्यही खोपी, घरमै बलात्कार, बाटो सडक, स्कुल साथीको घर, नातादेखि मान्यताका गुरुपर्यन्त, नेतादेखि अभिनेतासम्म, मालिकदेखि नोकर चाकरसम्म, यहाँनेर सुरक्षित त्यो खोपी भन्न नपाइने भएपछि सरकारको दरकार पो किन भयो ? न्यायालय जिल्लै पर्यो, समाज अवाक भयो, एनजिओ, आइएनजिओले पैसा बटुल्यो, न त्यो खोपी छाउपडी गोठमा सुरक्षित भयो न त कोटमा न दरबारको चोकमा, सर्वत्र असुरक्षित हुँदा त भन्नै पर्ने भयो के योनीको जुनी नै नहुनि हो ?
पुरुषलाई गाली गरेर पुरुषकै भरमा महिला अधिकार उठाउँछु र सम्पन्न गर्छु भन्नु गाली गरेर र उफ्रिएर गाउँ थर्काउँछु भनेर जड्याहाले भन्नु एकै हो । तसर्थ हामी समानताका लागि काम गर्ने नाममा फेरि असमानता सिर्जना गरेर समाज भाँड्ने काम नगरौं ।
यदि त्यसो हो भने यी ‘नाल’ हरू जन्मन्छन् कहाँबाट ? कुपुत्र यी नालहरूको जन्मनै योनीमै जान भएकोले यी बलत्कारी ठहर भएका बलात्कृत १८ वर्षमुनिका भएमा फाँसी सरह अर्थात् १५० वर्ष कैद कुनै पनि सर्तमा माफी नहुने गरी जेल सजाए तोकिदिने कानुन बनाउने, यदि नाबालक बलात्कार गरेकै प्रमाणित हुने अवस्थामा बलात्कृत वा तिनका नजिकका नातेदारले मारिदिएमा खतवात नलाग्ने ज्यानसम्बन्धी मुद्दा नलाग्ने गरेमा निश्चय नै कम हुन्छ । अर्कोतिर सुरक्षित कसरी रहने भन्नेबारे १८ वर्षसम्मकालाई सुसूचित गराउनका लागि अनौपचारिक गोप्य शिक्षा दिने प्रबन्ध सरकारी र गैरसरकारी तबरबाट गर्ने र शिक्षा प्रभावकारी भए नभएको अनुगमन मानव अधिकारकर्मी तथा सरकारी प्रतिनिधि (महिला वा पुरुष) विज्ञ तीनजनाको समूह बनाउने । सरकार र सांसदले व्यवहारमा पटक्कै हुनै नसक्ने वैवाहिक बलात्कार भनेर कपोलकल्पित कानुन बनाउँदा यसको उपहास र उपेक्ष्य भइरहेको छ ।
यतिको कडा कानुन बनाउन र सुरक्षा दिन सक्दैनौ ? सक्नुपर्छ । तिमीहरूले बनाएको वैवाहिक बलात्कार भयो भनेर कतिजना आएका छन् यो पाँच वर्षमा ? सही रूपमा बलत्कार हो कि पतिसँगको सम्पर्क मन नपरेको हो ? त्यसका लागि के कानुनी खोजको वैज्ञानिक उपचारमा पति पक्षमा पनि कानुनी व्यवस्था गरेका छौ ? विवाह पैसाका लागि पनि गरिन्छ, के त्यताबाट बलत्कारको खेल हुन सक्दैन ? एउटा ख्याल गर्नुपर्छ- ‘आइमाईले आँटे छिन घरि, छोरा मान्छेले आँटे वर्ष दिनभरि ।’ के समाजमा स्वार्थपूर्ण हुन्जेल सकार, भएन बलत्कारका कुरा बाहिर आएका प्रसस्तै उदाहरण छैनन् र ? यी यस्ता कुरा गहिरिएर हेर्ने कि नहेर्ने ? अब यतिखेरैदेखि हेर्नुपर्छ । बेलैमा नहेरे दिनानुदिन नाबालक बलात्कार र वैवाहिक यौनव्यापार अत्यधिक बढेर जान्छ छिट्टै हेक्का राख्नै पर्छ ।
समानताको कानुनी हक प्रदान गर्नु स्वाभाविक हो तर समानताको नाममा फेरि यसरी असमानता सिर्जना गरेर अमेरिकातिरको जस्तो लोग्ने फुटपाथमा स्वास्नी मस्ताना कुनै पनि हालतमा सैहृय र सामाजिक समानता किमार्थ हुन सक्दैन । समानताको नाममा छाडा समाज बनाएर विकृति फैलाउने बदला लिने चेष्टा र नियतबाट आएको कानुनी प्रसाद किमार्थ जनहितमा हुन सक्दैन त्यो कुरा बिर्सनु समाजलाई सोसल ट्याबुमा लानु हो । तसर्थ महिला अधिकारका नाममा सडक उराल्नुभन्दा सामाजिक परिवेश कसरी समानताको अधिकारको पक्षमा लान सकिन्छ भनेर सोच्नु बुद्धिमानी हुन्छ ।
पुरुषप्रधान भनेर एनजिओ आइएनजिओ चलाउन सकिएला तर पुरुषलाई गाली गरेर पुरुषकै भरमा महिला अधिकार उठाउँछु र सम्पन्न गर्छु भन्नु गाली गरेर र उफ्रिएर गाउँ थर्काउँछु भनेर जड्याहाले भन्नु एकै हो । तसर्थ हामी समानताका लागि काम गर्ने नाममा फेरि असमानता सिर्जना गरेर समाज भाँड्ने काम नगरौं । यसैमा सबैको कल्याण छ भन्नेतर्फ सबैको ध्यान जाओस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच