सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम हुँदै १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?