मानव अधिकार आन्दोलनमा ऋषिकेश शाहजीको योगदान अविस्मरणीय छ । उहाँसँग हामी धेरैले सहयोगी भएर ०३६ सालपछि काम गरेका थियौं । शाहजीको कथनमा आधारित भएर र अभिव्यक्ति सुनेर उहाँको आत्मकथाको धेरै भाग मैले लेखिदिएको थिएँ । पूरा भएको थिएन । ००९ सालसम्म पुगेको थियो त्यो कथा । तर, शाहजीको भौतिक अवशान पश्चात् प्रकाशित शाहजीको जीवनकथामा ती विषय भेटिएनन् । सायद शाहजीले नै दिनु भएन वा प्रकाशन गर्नेहरूका लागि प्रिय भएनन् थाहा भएन ।
(क) सामन्ती शासनको रोचक कथा :
आज त्यो प्रसंग होइन । मैले शाहजीसँग अनेक प्रसंगमा कुराकानी गर्ने अवसर पाएको थिएँ । सत्ता राजनीतिको चर्चाक्रममा उहाँले ०४५ तिर सुनाउनु भएको एउटा रोचक प्रसंग करिब ३५ वर्षपछि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका राजनीतिक खेलाडीहरूसँग समेत उस्तै गरी मिल्दोजुल्दो भएको हुनाले यो आलेख बन्न पुग्दैछ । राजाहरू कसरी खेल्थे भन्ने सन्दर्भ थियो त्यो । शाहजीले आफू राजसभा स्थायी समितिको सभापतिपदबाट मुक्त भएको र डा.तुलसी गिरि मन्त्रिपरिषद्को अध्यक्षबाट खुस्किएको विवरण वडो रोचकशैलीमा सुनाउनु भएको थियो ।
भनेकै समयमा छेउमा बडामहारानीलाई राखेर आफैंले गाडी हाँकेर महेन्द्र टुप्लुक्क आइपुग्नु भएछ । राजाकासाथ सुरक्षा गार्ड कोही पनि थिएनन् । सिद्धान्तले कफी दिनुभयो । केही बेर चारैजना कफीको सुर्की लिँदै गफ गर्नु भएछ । राजनीति, घरायसी विषय आदिको चर्चा भएछ । केही छिन् पछि महेन्द्रले भन्नु भएछ ब्रेक फाष्ट पनि गर्न पाए हुने थियो, भोक लाग्यो त ऋषि ।
चाणक्य नीतिदेखि हाम्रा पुराना अनेक शास्त्रीय ग्रन्थहरूले राजा अर्थात् आजका प्रसंगमा राज्यशक्तिका मालिकसत्तालाई अविश्वसनीय, अपारदर्शी र अवसरवादी भन्ने गरेका छन् । राजाका सामुन्ने र घोडाको पछाडि नपर्नु भन्ने त कथन नै छ । आगो, पानी मूर्ख, तन्नेरी र राजासँग कहिल्यै पनि विश्वास नगर्नु भन्ने हीतोपदेशमा सचेत गराइएको छ ।
(ख) राजा महेन्द्रको पासा र शाहजीका घरको कफी :
शाहजीका अनुसार : उहाँ राजसभा स्थायी समितिको सभापति भएको करिब सात महिना पुग्दै थियो । उहाँ २०२० मंसिर २२ मा सभापति नियुक्त हुनु भएको थियो राजा महेन्द्रबाट । राजसभा स्थायी समिति भन्ने निकाय राजाको सर्वाधिक निकट सल्लाहकारहरूलाई समावेश गरी बनाइएको थियो । बीचमा राजा महेन्द्रसँग औपचारिक अनौपचारिक भेट र सम्वाद भइरहेको थियो । यसै पनि भीरकोटे राजाको सन्तान राजकुमार नै हुनुहुन्थ्यो शाहजी । तारकबहादुर शाहका पुत्र उहाँ । २० असार २०२१ का दिन अकस्मात् राजा महेन्द्रको फोन आयो । राजाको सिधा फोनले शाहजी आश्चर्यमा पर्नु भएछ ।
राजा महेन्द्रले भलाकुसारी गरेपछि भन्नु भएछ : ऋषि धेरै दिन भएछ तिम्रो श्रीमती सिद्धान्त (सिद्धान्त राज्यलक्ष्मी) को हातबाट कफी पिउन नपाएको । म र बडामहारानी (रत्नराज्य लक्ष्मीदेवी शाह) अहिले दश बजेतिर तिम्रो घरमा आउँदैछौं । कतै अन्यत्र कार्यक्रम छैन होला नि ?
राजा-रानी घरमा आउने भएपछि अरू कार्यक्रमको कुनै अर्थ थिएन । हत्तपत्त घरसफा गर्नेतिर लाग्नु भएछ । राजारानीका लागि कफी पिउने उचित व्यवस्था भयो । भनेकै समयमा छेउमा बडामहारानीलाई राखेर आफैंले गाडी हाँकेर महेन्द्र टुप्लुक्क आइपुग्नु भएछ । राजाकासाथ सुरक्षा गार्ड कोही पनि थिएनन् । सिद्धान्तले कफी दिनुभयो । केही बेर चारैजना कफीको सुर्की लिँदै गफ गर्नु भएछ । राजनीति, घरायसी विषय आदिको चर्चा भएछ । केही छिन् पछि महेन्द्रले भन्नु भएछ ब्रेक फाष्ट पनि गर्न पाए हुने थियो भोक लाग्यो त ऋषि । ब्रेकफाष्ट त तयार नै थियो । सिद्धान्त र बडामहारानी रत्ना भएर सजाए छन् । चारैजना खान लाग्नुभयो र फेरि एक राउण्ड कफी पिउने तय भयो । बिस्तारै बाह्र बजेछ ।
राजाले भने छन् : बडामहारानीको विचार के छ आज ऋषिकै घरमा सिद्धान्त र बडामहारानीले नै भोजन तयार गरे हुन्न ? बडामहारानी सहमत हुनुभयो । सिद्धान्त र बडामहारानी मिलेर आवश्यक भोजन तयार पार्नु भयो । यता महेन्द्रले भन्नु भएछ केही हात पासा खेल्दा हुन्न ऋषि ?
जुवाका सौखिन शाहजीले तुरुन्त पासा ठीक पार्नुभयो र दुवैजना बसेर खेल्नुभयो । निकै बेरपछि भोजन तयार भयो । भोजनपछि राजाले एकछिन् आराम गर्ने प्रस्ताव राख्नु भयो । करिब पाँच बजेतिर पुनः कफी पिएर प्रसन्न मुद्रामा राजा-रानी बिदा हुनुभयो । हिँड्ने बेलामा महेन्द्रले भन्नुभएछ : ऋषि तिम्रो कामबाट म अत्यन्त सन्तुष्ट छु । तिम्रै जस्तो गरी अरूले पनि काम गरेदेखि पञ्चायत व्यवस्था सफल हुने थियो । सुशासन कायम हुने थियो, विकास हुने थियो र जनताको विश्वास हामीप्रति मजबुत हुने थियो । जे होस् तिमीले यसरी नै काम गर्नुपर्छ । भोलि भेट हुनेछ कार्यालयतिर आउनु ।
(ग) महेन्द्रबाट मूर्खसिद्ध शाह :
राजाको यो भनाइबाट शाहजीको प्रसन्नताको पारो चढ्नु स्वाभाविक थियो । बडामहारानी रत्नाले पनि शाहपत्नी सिद्धान्तलाई समेत धन्यवाद दिनुभयो र कुनै दिन दरबारमा भोजनको निम्तो गर्नुभयो । अत्यन्त प्रसन्न भएर राजा-रानी बिदा हुनुभयो । सपत्नीक शाहजी अब गर्नुपर्ने कामको सूची बनाउन लाग्नुभयो ।
राजा महेन्द्र मेरा हरेक कुरामा सहमति जनाइ रहनुभएको थियो । साँझ झमक्क परेपछि उहाँले भन्नुभयो : तुलसी अब भोलि भेटौंला । तिम्रो कामबाट म अत्यन्त सन्तुष्ट छु । यसरी नै हो राज्य सञ्चालन गर्ने विषय । तिमी जस्तो विश्वासिलो सहयोगी पाएको हुनाले नै हाम्रा कदमहरू सफल भएका हुन् । जुनरूपमा काम हुँदैछ त्यसरी नै गर्दै जानू ।
काम गर्दै रेडियोबाट समाचार सुन्न लाग्नु भएका शाहजीका कानमा अकस्मात् आफ्नै नाउ पर्यो । रेडियो नेपालको समाचार भन्दै थियो : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा राजसभा स्थायी समितिका सभापति श्री ऋषिकेश शाहले चढाउनुभएको राजीनामा आजैका मितिदेखि लागू हुनेगरी मौसूफ सरकारबाट सधन्यवाद स्वीकृति गरिबक्सेको छ ।
यो समाचारपछि उहाँ चकित पर्नु स्वाभाविक थियो । केही मिनेट पहिले प्रसन्नतापूर्वक दिनभरी बसेर, तीनपटक कफी पिएर खाजा र भोजनसमेत गरेर भोलि भेट्न आदेश गर्दै गाडी चढ्नु भएका राजाले आफूलाई कसरी हटाए होलान् ? कसैको बदमासी हो कि ? अनि राजाले उठाउने फोनको सिधा लाइनमा फोन गर्नुभयो । तर लागेन । त्यसपछि राजाका स्वकीय सचिवकोमा फोन लगाएर सोध्नुभयो : के हो यस्तो समाचार ? उहाँले पनि सरकारमा बिन्ती बिसाएरमात्रै जानकारी दिनसक्ने अहिले केही थाहा नभएको उत्तर दिएछन् । अनि भोलि बिहान सम्पर्क गर्न आग्रह गरेछन् । तर त्यो भोलि कहिल्यै आएन र राजा महेन्द्रको जीवनकाल भरी ऋषिकेश शाहजी र राजा महेन्द्रका बीचमा कहिल्यै पनि भेट भएन ।
शाहजीले निकै पछि एक दिन यो रोचक कथा तुलसी गिरिलाई सुनाउनु भएछ । राजाहरूप्रति निकै असन्तोष प्रकट गर्दै शाहजीको यो मर्मस्पर्शी कथा त्यस समयमा राजाका अनन्यभक्त तुलसी गिरिले सुनेपछि बेजोडसँग हाँसेछन् र शाहजीलाई दरबारको चरित्रबारे आफ्नै अनुभव सुनाएछन् । शाहजीलाई गिरिले भन्नुभएछ : तपाईंकोमा त राजा-रानी जानु भएछ । मेरो कथा सुन्नुभयो भने तपाईंलाई सान्त्वना मिल्नेछ ।
(घ) राजा महेन्द्रबाट मूर्खसिद्ध गिरि :
गिरिले भन्नुभएछ : म त्यस समय राजाको जल्दोबल्दो, विश्वासिलो सहयोगी थिएँ । ०१७ सालमा पनि मैले राजालाई मजबुतिकासाथ सहयोग गरेको हूँ । मलाई मन्त्रिपरिषद्को सदस्य राजाबाट नै निगाह भएको थियो । यसकोलगत्तै मलाई सरकारबाट २०१९ चैत बीसमा मन्त्रिपरिषद् अध्यक्षमा नियुक्त गरियो । यो पदमा म २०२१ माघ १२ सम्म रहे । माघ १२ गते राजासँग असाध्य प्रिय सम्वाद भयो । दिउँसो करिब चारबजेदेखि साँझसम्म म त्यहाँ बसें । पञ्चायतविरोधीहरूको अवस्थादेखि अन्तर्राष्ट्रिय सम्बन्ध सम्मका चर्चा भए । आन्तरिक सुरक्षा र विकास आयोजनाहरूबारे छलफल भयो । राजा महेन्द्र मेरा हरेक कुरामा सहमति जनाइ रहनुभएको थियो । साँझ झमक्क परेपछि उहाँले भन्नुभयो : तुलसी अब भोलि भेटौंला । तिम्रो कामबाट म अत्यन्त सन्तुष्ट छु । यसरी नै हो राज्य सञ्चालन गर्ने विषय । तिमी जस्तो विश्वासिलो सहयोगी पाएको हुनाले नै हाम्रा कदमहरू सफल भएका हुन् । जुनरूपमा काम हुँदैछ त्यसरी नै गर्दै जानू ।
राजासँग बिदा भएर मन्त्रिपरिषद्का अध्यक्ष गिरि बडो खुशी हुँदै गाडीमा चढ्नुभयो । दरबारको बहिर्गमनको ढोकामा पुग्ने समयमा गाडीमै जोडिएको रेडियोले समाचार भन्न लाग्यो : श्री ५ महाराजाधिराजका जुनाफमा मन्त्रिपरिषद्का अध्यक्ष डा.तुलसी गिरिले भरखरै चढाउनु भएको राजीनामा मौसूफबाट सधन्यवाद स्वीकृतिबक्स भएको छ र अर्को व्यवस्था नभएसम्म कामचलाउन हुकूम भएको छ ।
नारायणहिटी दरबारको मूल ढोकामा पुग्नुअघि आएको यो समाचारले गिरिलाई फर्किनु कि निस्कने दोधार बनाएछ । तर, तुरुन्तै गार्डलाई झण्डा झिक्न लगाएर उहाँ निवास पुग्नु भएछ । तर, गिरिले राजासँग सम्पर्क गर्ने काम भने गर्नुभएन छ । पछि कुनै समयमा भेट्दा राजा महेन्द्र मुस्कुराउने बाहेक केही पनि गर्दैनथे ।
(ङ) संसद्मा प्रचण्डका आँसु :
शासनको सामन्ती चरित्रका यी रोचक उदाहरण हुन् । अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गत असार २८ गते संसद्मा दिनुभएको भाषण र उहाँको पीडाजन्य कथा सुनेपछि मलाई झट्ट शाहजीले सुनाउनु भएको कथाको सम्झना भयो ।
उहाँले संसद्मा असाध्य मलीन अनुहार लगाउँदै, केहीहदसम्म आँसु नै झार्ने जस्तो गरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको, अन्धकारमा राखेको अनुभव सुनाउँदै गर्दा आफू कति सोझो भनेर आत्मश्लाघा र निरीहता दुवै प्रकट गर्नुभएको सुनियो र देखियो पनि । केपी ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच असार १७ गते राति चमत्कारपूर्ण सहमति भएको हो । कसैले पनि सुइको पाएका थिएनन् । समाचारमाध्यमहरूका चुनिएका सूचकहरूले केही गन्ध पाएका थिए र त्यही आधारमा समाचार बनेका थिए ।
(च) ओलीको छलोक्ति र देउवाको स्पष्टोक्ति :
माओवादी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री दाहालका अनुसार : ओलीसँग १६ गते दिउँसो चार घण्टासम्म सरकार चलाउने विषयमा छलफल भएको थियो । ओलीले आगामी २०८४ को चुनावसम्म सहकार्य गर्ने र चुनावमा एकता गर्नेसम्मको प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री हटाउने कुरा हल्लामात्रै हो भन्दै ढुक्क भएर काम गर्न ओलीले दाहाललाई आस्वस्त तुल्याउनु भएको थियो । तर, भोलिपल्ट सखारै राष्ट्रिय समाचार पत्रहरूमा देउवा र ओलीबीच सत्ता गठबन्धनका लागि सातबुँदे सहमति भएको समाचार प्रकाशित भयो । प्रचण्डले ओलीसँग सम्पर्क गर्नुभयो र सोध्नुभयो : के हुँदैछ ? के यी समाचार सही हुन् ? ओलीले भन्नुभएछ : कुनै सत्यता छैन । अनि दुईजनाका तस्वीरहरू पनि हस्ताक्षर गर्दैका जस्ता छन् नि ? प्रचण्डको प्रश्नमा ओलीले भन्नुभएछ : ती पुराना होलान् । सत्ता सञ्चालनमा तीन दल बसेर अरू थप रणनीति बनाउनुपर्छ । चिन्ता लिनु पर्दैन ।
तीन वर्ष नपुग्दै कम्युनिष्ट पार्टीको एकता र नयाँ समाजवादको फड्कोमा पुग्ने सपना तुहिएपछि दाहाल कांग्रेससँग पुग्नु भयो । त्यसबेला सायद ओलीले दाहाललाई मूर्ख बनाएको हुनुपर्छ । ०७९ को निर्वाचन परिणामलगत्तै दाहालले महेन्द्रीयशैलीमा अनायास कांग्रेसलाई मूर्ख सिद्ध गर्दै एमालेसँग अंकमाल गर्नपुग्नु भयो तर तीन महिना नपुग्दै ओलीको गलामुक्त भएर कांग्रेसको अंगालोमा पुग्नु भयो । पहिले कांग्रेस मूर्ख भयो र त्यसपछि एमाले ।
तर, दाहाललाई यो सम्वादप्रति विश्वास नलागेपछि देउवासँग सम्पर्क भयो । देउवाले भन्नुभएछ : केको तीन दलका बीचमा विमर्श हुने हो र ? एमाले र कांग्रेसबीच समझदारी भइसक्यो । यसअर्थमा देउवा सरल र सहज अनि इमानदार देखिनुभयो ओलीभन्दा । उहाँहरूका सम्वादको सारशब्दमा राखेको हूँ यो आलेखमा । तर नेपाली राजनीतिमा प्रगतिशीलता, लोकतान्त्रिक, कम्युनिष्ट, कांग्रेस, संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी छलाङ, परिवर्तन, परिवर्तनकारी शक्ति जस्ता शब्दहरू बहुप्रचलित छन् । अनेक दाबीहरू हुन्छन् यिनै शब्दका आधारमा । सामन्ती संस्कार र शैलीविरुद्ध ठाँटसँग टाउको ठाडो पार्दै चर्का भाषण हुने गरेका छन् । तर, शैली एमाले, कांग्रेस, मओवादी सबैको राजा महेन्द्रको भन्दा फरक छैन । राजा महेन्द्रले शाह र गिरिलाई जसरी मूर्ख बनाएका थिए, यतिखेर यी नेताहरूले नेपाली जनता, आफ्नै पार्टीका सदस्य र सहयोगी दलसमेतलाई अनेकपटक मूर्ख बनाइरहेका छन् । उदाहरणका लागि टाढा जानै पर्दैन ।
(छ) सामन्तीशैलीमा मूर्ख बनाउने खेल :
०६३ जेठ ४ गतेको निर्णयबारे कसलाई थाहा थियो ? जनता सार्वभौमसर्वोच्च शक्ति मान्ने बहुलवाद र बहुदलका कुरा गर्नेहरूले अकस्मात् र नाटकीय रूपमा जेठ चार गते धर्मनिरपेक्षताको घोषणा गरेका होइनन् ? ०७२ कमा संविधान जारी हुनु पहिले आमनागरिकसँग राय मागिएको थियो तर के त्यो रायमा के छ भनेर पल्टाउनु काम भयो ? अहिले पनि ती जनका अभिमतहरूमा माउ लागेर कतै कुनामा ती थन्किएका होलान् ? राजा महेन्द्रले गिरि र शाहलाई गरेजस्तै व्यवहार संविधानसभामा भएन ? कांग्रेस, एमाले र माओवादीसहित मधेसका मसिहा पनि त्यहाँ थिए र जनतालाई मूर्ख सिद्ध गर्ने प्रतिस्पर्धा नै चलेको थियो ।
०७४ को चुनावअघि नेपाली कांग्रेसको नेतृत्वमा माओवादी गठबन्धनको सरकार थियो । तर, असोजमा को उकरात अकस्मात् पुष्पकमल दाहाल र ओलीले पार्टी एकता गर्ने र निर्वाचनमा कार्य गर्ने भनेर सहमति गरेको भरखरै हो । प्रचण्ड कांग्रेसलाई मूर्ख सिद्ध गर्न सफल हुनुभयो : राजा महेन्द्रकै शैलीमा । तीन वर्ष नपुग्दै कम्युनिष्ट पार्टीको एकता र नयाँ समाजवादको फड्कोमा पुग्ने सपना तुहिएपछि दाहाल कांग्रेससँग पुग्नु भयो । त्यसबेला सायद ओलीले दाहाललाई मूर्ख बनाएको हुनुपर्छ । ०७९ को निर्वाचन परिणामलगत्तै दाहालले महेन्द्रीयशैलीमा अनायास कांग्रेसलाई मूर्ख सिद्ध गर्दै एमालेसँग अंकमाल गर्नपुग्नु भयो तर तीन महिना नपुग्दै ओलीको गलामुक्त भएर कांग्रेसको अंगालोमा पुग्नु भयो । पहिले कांग्रेस मूर्ख भयो र त्यसपछि एमाले । तर यो सिलसिला भंग भएन । दुई महिना नपुग्दै पुष्पकमल दाहाल गत फागुन २१ मा पुनः कांग्रेसलाई लात मार्दै एमालेको टाउकोमा आसन जमाउन पुग्नुभयो । यी घटना नेपाली राजनीतिमा निकै रोमाञ्चपूर्ण लाग्छन् ।
(ज) मूर्खव्यूहको रचना मौन जनता :
अनेक उपक्रम गरेर भए पनि दाहालको यो चरणका खेलहरू निरस्त भएका छन् । एमाले र कांग्रेस सहकार्यमा पुगेका छन् । ओली सत्ताको व्यासासनमा पुग्नु भएको छ । अहिले दाहालको रुवाइको कुनै अर्थ किन छैन भने अझै करिब पैतीस महिना यो प्रतिनिधिसभाको आयु बाँकी छ । महेन्द्रशैलीको राजनीतिमा पोख्तहरूले फेरि कसले कसलाई मूर्खव्यूह रचना गरी घात गर्ने हुन् भन्न सकिँदैन । अर्थात् राजनीतिक प्रणाली बदलियो, राजनीति र नेतामा सामन्ती सोच, शैली र रणनीति निरन्तर छ । राजा महेन्द्रका मानस अवतारहरू निरन्तर यसरी नै प्रकट हुने गरेको दृष्टान्त पुनः हुनसक्छ । कसले कुनबेला र कसरी कसलाई अभिमन्यू बनाउने हो ? प्रश्नका सामु नेपाली जनतामा मौनदर्शक हुनु सिवाय केही गर्ने साहस यतिखेर देखिँदैन ।
साधुवाद , विद्वान लेखक प्रा. दाहालजी !
एकजना पुराना स्वनामधन्य कम्युनिष्ट नेता मार्फत महाराजाधिराजबाट चेयरम्यान माओ समक्ष सदश्यताका लागि अर्जी हालेको प्रसंग टीभी अन्तरवार्तामा सुनिएको थियो | राजाबाट त्यस्तो कसरि भए होला भन्ने सोच राखेको म जस्तो भूई मान्छेलाई ऋषिकेश शाह , तुलसी गिरि,महेंद्रशैली र आजको सत्ता पढे पछी शासकले जे पनि जसो पनि गर्छन / गर्दा रहेछन भन्ने छ्यांग भयो | यस्तो प्रवृतिलाई राष्ट्रवाद मान्ने ,यस्तो संस्कृतिले राष्ट्रिय राष्ट्रिय सार्वभौमिकता जोगाएको कोकोहोलो गर्ने केहि कम्युनिष्ट र त्यस्तो थेगोलाई अब्बल राष्ट्रवाद ठान्ने स्वप्नदर्शीहरुको भ्रुणबाट वाह्यशक्ति समेत आर्जन गरेको शृंखलावद्ध अंकुरण माओवाद / माओवादी हुन् | यी र यस्तै छलकपटपूर्ण व्युहरचनामा हाम्रो संसदीय पद्धति अफापको संघारमा पुराइएको छ | माओ संग सदश्यताको अर्जी हालिएको लज्जाजनक प्रसंग राष्ट्रवादको मुहान बन्ने थिएन | ग्रेटर नेपालको झुसिलो डकार प्रायोजित हो | मुलुकलाई असफल बनाउने यो भन्दा भद्दा हथकन्डा अर्को के नै हुन सक्ला र ? नेपालको राजनीतिक चरित्रलाई खुलस्त परि दिनु भएकोमा पुन: साधुवाद |
भट्टराई बन्धु ,अर्घाखाँची |