
आकृति मल्ल ठकुरी
दशैँ तिहार चाडपर्व, बालपनमै राम्रो ।
उत्साह र उमंगले, भरिन्थ्यो मन हाम्रो ।।
फोहरमैला हट्दै गयो, हट्यो हिलो वर्षा ।
दशैँ आयो घरघरमा, यसैको छ चर्चा ।।
नेपालीको महान् चाड, दशैँ अनि तिहार ।
शरद ऋतु रमाइलो, घुमौँ मन्दिर विहार ।।
शीरदेखि पाउसम्म, सबै चिज नयाँ ।
रातो टीका निधारमा, हुँदा जोशै नयाँ ।।
रीतिथिति परम्परा, जोगाउनु पर्छ ।
चाडबाड जोगाएर, संस्कार थाम्नु पर्छ ।।
संस्कार र परम्परा, धाने आकाश चुम्छ ।
जसले मास्छ, जसले छोड्छ, माटोमुनि पुग्छ ।।
छठ अनि म्हपूजा, हाम्रै नेपाल सम्वत् ।
दशैँ तिहार सबै हाम्रै मानौँ विधिसम्मत ।।
नवरात्रभरि गरौँ, दुर्गा आराधना ।
ब्रहृमाण्डमै शान्ति छाओस्, शुभ सु-कामना ।।
कक्षा ९, सरस्वती माध्यमिक विद्यालय कोटेश्वर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच