काठमाडौं । प्रसिद्ध साहित्यकार प्रकाशमणि दाहालको निधन भएको छ । इलाममा जन्मिनुभएका दाहाल लामो समयसम्म सुनसरीको इटहरीस्थित जनता माविका अंग्रेजी शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
पछिल्लो चरणमा शिक्षण पेशा छोडी काठमाडौंमा आई साहित्यिक अभियानहरूमा सक्रियतापूर्वक लाग्नुभएको थियो । संस्कृत, अंग्रेजी र नेपालीमा दक्ष दाहालले विगत बीस वर्षदेखि काठमाडौंमै बसेर पूर्णकालीन लेखनको काम गर्दै आउनुभएको थियो ।
साहित्यका विभिन्न विधामा कलम चलाउने दाहालका दर्जन बढी कृति प्रकाशित छन् । साहित्यका साथै अखबारी लेखनसमेत गर्दै आउनुभएका दाहालले हिमालय टाइम्समा पनि केही वर्ष नियमित रूपमा लेख्नुभएको थियो । शुक्रबार आफ्नै निवास पेप्सीकोलामा उहाँको निधन भएको थियो । उहाँका श्रीमती, दुई छोरा र तीन छारीहरू हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच