झापा । बुधबार (आज ) बिहान झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट सुनसरीको धरान जाँदै गरेको मे.१ ख २५४५ नम्बरको नागरिक यातायातको बस दुर्घटना हुँदा उनीहरू घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा विराटनगर महानगरपालिका-३ का गुणा कोइराला, दीपा निरौला, विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर-४ का शर्मिला कोइराला, आन्सा फाउदेन, सुमन लिम्बु, शिवसताक्षी नगरपालिका झिलझिलेका टंक शिवाकोटी, बिर्तामोड नगरपालिकाका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा घाइते भएका छन् ।
घाइते सबैको टाउको, ढाड र हातमा चोट लागेको छ । उनीहरू सबैको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । अवस्थाका बारेमा प्रहरीले थप स्पष्ट पारेको छैन । यद्यपि, तीनजनाको अवस्था गम्भीर छ । तीव्र गतिमा रहेको बसअनियन्त्रित भएर सडक किनारमा पल्टिएको हो ।
बसका चालक झापा मेचीनगर-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच