
काठमाडौं । क्यानेडेली अभियन्ता मिसेल बोनुको पुस्तक ‘अ गर्ल अन दी बाइसाइकल : फ्रम स्लेभरी टू ग्रेस इन नेपाल’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच मंगलबार काठमाडौंमा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
कार्यक्रममा नेपाललाई आफ्नो दोस्रो घर बताउने मिसेलले पुस्तकमा आफ्नो जीवन वृत्त, अनुभव र अभियानको विवरण समेटिएको सुनाउनुभयो । पुस्तकमा दाङ देउखुरीका कमलरी किशोरीहरूको दासतादेखि नेतृत्वसम्मको यात्रा पनि समेटिएको छ ।
नुरा बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शिव पौडेल, निसा केसी, प्रह्लाद ढकाल र दीनेशराज सापकोटाले मिसेलको प्रेरक जीवनवृत्तमा प्रकाश पार्नुभएको थियो । मिसेलको जीवनका संघर्षका प्रसंगहरू युवा पुस्ताका लागि प्रेरणादायी हुने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच