
काठमाडौं । निर्माण तथा उत्पादनमूलक क्षेत्रका शीर्ष पाँच उद्योगको आर्थिक अवस्था सुधार हुँदै गएको छ । सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट, शिवम् सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण सार्वजनिक गरेकामध्ये केहीको आर्थिक अवस्था सुधिँ्रदैै गएको देखिएको हो तर केहीको भने झनै खस्किएको छ । वित्तीय अवस्था सुधार भएका कम्पनीको प्रतिसेयर आम्दानी(इपिएस) मा पनि सुधार भएको छ । जसमध्ये रिलायन्स स्पिनिङ मिल्सको इपिएसमा उल्लेख्य वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको इपिएस २२ रुपैयाँ १९ पैसा रहेको छ ।
विगत पाँच वर्षको वित्तीय विवरणका आधारमा रिलायन्सको इपिएस अन्य कम्पनीभन्दा राम्रो अवस्थामा रहेको देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा रिलायन्सको इपिएस उल्लेखित पाँचवटै कम्पनीमध्ये सबैभन्दा धेरै ५३ रुपैयाँ ९१ पैसा थियो । आर्थिक वर्ष २०७८/७९ मा उक्त कम्पनीको इपिएस ६१ रुपैयाँ १२ पैसा, आर्थिक वर्ष २०७९/८० मा ५४ रुपैयाँ ३४ पैसा र आर्थिक वर्ष २०८०/८१ मा दुई रुपैयाँ ९५ पैसा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रिलायन्सको इपिएस बढेर १९ रुपैयाँ ९५ पैसा रहेकोमा दोस्रो त्रैमासमा बढेर २२ रुपैयाँ १९ पैसा पुगेको हो ।
२०८०/८१ मा पाँच प्रायः सबै कम्पनीहरूको इपिएस घटेको देखिन्छ । किनभने अन्तर्राष्ट्रिय बजारमा रूस युक्रेनबीच युद्धका साथै कोरोना असर थियो । नेपालमा पनि व्यवसायमैत्री वातावरण सिर्जना हुन सकेको थिएन । निर्यातमा समेत विभिन्न झमेला थिए । जसले कम्पनीहरूको वित्तीय अवस्था केही कमजोर बनेको थियो । आर्थिक वर्ष २०७७/७८ मा सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको थियो भने शिवम् सिमेन्टको ३७ रुपैयाँ ६८ पैसा प्रतिसेयर आम्दानी रहँदा सोनापुर सिमेन्टको १६ रुपैयाँ १४ पैसा थियो । घोराही सिमेन्टको भने सबैभन्दा कम ११ रुपैयाँ ६८ पैसा प्रतिसेयर आम्दानी थियो ।
आर्थिक वर्ष २०७८/७९ मा कोरोनालगायतका कारण रिलायन्सको इपिएस ६१ रुपैयाँ १२ पैसा रहँदा शिवम् सिमेन्टको १५ रुपैयाँ ६७ पैसा, सर्वोत्तम सिमेन्टको ११ रुपैयाँ ५५ पैसा, घोराही सिमेन्टको छ रुपैयाँ ८१ पैसा र सोनापुर सिमेन्टको छ रुपैयाँ ४७ पैसा रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा रिलायन्सको इपिएस ५४ रुपैयाँ ३४ पैसा रहँदा शिवम् सिमेन्टको छ रुपैयाँ ८७ पैसा, सर्वोत्तम सिमेन्टको पाँच रुपैयाँ २८ पैसा, सोनापुरको एक रुपैयाँ ४२ पैसा र घोराही सिमेन्टको एक रुपैयाँ ३४ पैसा थियो भने २०८०/८१ मा रिलायन्सको इपिएस दुई रुपैयाँ ९५ पैसा हुँदा घोराही सिमेन्टको -३१.६८ रुपैयाँ, सोनापुर सिमेन्टको -१६.९१ रुपैयाँ र सर्वोत्तम सिमेन्टको तीन रुपैयाँ ४५ पैसा थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शिवम्को आम्दानी र नाफा दुवै घटेको छ । जसका कारण कम्पनीको इपिएस पनि दुई रुपैयाँ आठ पैसामा झरेको छ । गत पुससम्ममा कम्पनीको इपिएस तीन रुपैयाँ ८३ पैसा थियो । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा सबैभन्दा छिटो इपिएस सुधार गर्नेमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ । शिवम् र रिलायन्सबाहेक कम्पनीको वित्तीय विवरण प्रकाशित हुन बाँकी छ ।
सामान्यतया कम्पनीको इपिएस जति उच्च भयो, त्यति राम्रो मानिन्छ । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार रिलायन्सले पुससम्ममा ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल नाफा ४३ करोड ३६ लाख २१ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको कम्पनीको वित्तीय विवरणअनुसार रिलायन्सको करपछिको नाफा १३ करोड ८५ लाख रुपैयाँले बढेको छ भने पुससम्ममा कम्पनीको कर तिरेपछिको नाफा १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत पुससम्ममा कम्पनीको यस्तो नाफा एक करोड ६० लाख २९ हजार थियो । रिलायन्सले चार अर्ब ८४ करोड ३५ लाख ७२ हजार रुपैयाँको व्यापार गरेको छ भने दुई करोड ३३ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । गत पुससम्ममा कम्पनीले चार अर्ब ८२ करोड ९० लाख ९० हजार रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सो समयमा अन्य आम्दानी ८० लाख ९६ हजार रहेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्सको ४६ करोड ८७ लाख ५४ हजार रुपैयाँ कुल खर्च रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको कुल खर्च ४२ करोड ५६ लाख ८८ हजार थियो । उक्त रिलायन्स बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । कम्पनीले कुल ११ लाख ५५ हजार नौ सय ६० कित्ता सेयर प्रतिइकाई आठ सय २० रुपैयाँ ८० पैसाका दरले निष्कासन तयारी गरेको छ । जसअनुसार सर्वसाधारणका लागि ९४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको सेयर जारी हुने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच