वराह अवतारको संक्षिप्त चर्चा

✍️ तोयराज नेपाल

श्रावणशुक्ल तृतीया वराह जयन्ती पर्व हो । त्यसैले वराह जयन्तीबारे केही चर्चा गर्नु सान्दर्भिक भएकाले यसबारे प्रस्तुत गर्दछु । द्वितीयं तु भवायास्य रसातलगतां महीम् । उद्धरिष्यन्नुपादत्त यज्ञेशः सौकरं वपुः।। श्री.भा.१/३/७ यत्रोद्यतः क्षितितलोद्धरणाय बिभ्रत् क्रौडीं तनुं सकलयज्ञमयीमनन्तः। अन्तर्महार्णव उपगतमादिदैत्यं तं दंष्ट्रयाद्रिमिज्रधरो ददार ।। श्री.भा./२/७/१
अहिले चलिरहेको कल्प वाराह कल्प हो । यो कल्पभन्दा अघि ब्रहृमाजीले धेरै मानसिक सृष्टि गर्नुभयो तर पनि उहाँलाई सन्तोष भएन । एक्लै सृष्टि सञ्चालन गर्न र त्यसको वृद्धि गर्न संभव भएन, भन्ने ठानी निकै चिन्ता मग्न हुनुभएको थियो, त्यसैबेला ब्रहृमाजीको शरीर दुई भागमा विभक्त भयो । ब्रहृमाजीको धेरै नाममध्ये कः पनि एउटा हो । ‘क’ बाट उत्पन्न हुनाले यसलाई काय पनि भनिन्छ ।
कस्य रूपमभूद् द्वेधा यत्कायमभिचक्षते ।
ताभ्यां रूपविभागाभ्यां मिथुनं समपद्यत ।। श्रीमद्भा.महापु.३।२२।५२
एक भागबाट पुरुष र अर्काे भागबाट स्त्रीको उत्पत्ति भयो । पुरुषको नाम स्वायम्भुव मनु र स्त्रीको नाम शतरूपा भन्ने राखियो । अनि तिनीहरूलाई तिमीहरू पति र पत्नी भयौ । अब तिमीहरूले मैथुन धर्मबाट प्रजाको सृष्टि गर, भनेर आदेश दिनुभयो । त्यसवेला पृथिवीलाई हिरण्याक्ष दानवले समुद्रमा डुबाएर रसातलमा पु¥याएको थियो । पृथिवी छैनन् केमा सृष्टि गर्ने ? भनी ती दुईले सोधे । अनि ब्रहृमाजीलाई रसातलबाट पृथिवीलाई कसरी निकाल्ने भन्ने ठूलो चिन्ता प¥यो । अनि उहाँले भगवान् नारायणको ध्यान गर्नुभयो । ध्यान गर्दा गर्दै उहाँका नाकका प्वालबाट बुढी औंला जत्रो सानो वराहको (बँदेलको) पाठो निस्कियो र भूमिमा खस्यो ।
इत्यभिध्यायतो नासाविवरात्सहसानघ ।
वराहतोको निरगादंगुष्ठपरिमाणकः। भागवत.३।१३।१८
अनि तत्कालै त्यो बढेर ठूलो हात्ती जत्रो भयो । त्यस्तो अद्भुत चमत्कार भएको देखी मरीचि आदि ऋषिहरूले र ब्रहृमाले पनि यो के हो ? भनी आश्चर्य मान्नुभयो । त्यत्तिकैमा वराहरूप भगवान् डरलाग्दो घर्र–घर्र आबाज गरी तीनै लोकलाई थर्कायमान पार्दै गर्जिनुभयो । त्यसबेला सबैको सातो गयो । त्यसपछि पृथिवीको गन्ध सुँघ्दै समुद्रमा प्रवेश गरेर रसातलमा पुगी पृथिवीलाई दाह्राले च्यापेर लिई आउँदै हुनुहुन्थ्यो, बाटामा दुष्टदैत्य हिरण्याक्षले गदा लिएर वराहरूप भगवान् माथि जाइलाग्यो । स्वद्रंष्ट्रयोद्धृत्य महीं निमग्नां स उत्थितः संरुरूचे रसायाः। तत्रापि दैत्यं गदयाक्क पतन्तं सुनाभसन्दीपिततीव्रमन्युः ।। जघान रुन्धानमसहृयविक्रमं स लीलयेभं मृगराडिवाम्भसि ।। तद्रक्तपंकांकितगण्डतुण्डो यथा गजेन्द्रो जगतीं विभिन्दन् ।। श्री.भा ३/१३/३१,३२
अनि त्यससँग घोर घमासान युद्ध गरी जसरी अघि इन्द्रले पर्वतका पखेटा काटेर छिन्नभिन्न पारेका थिए, त्यसैगरी वराहभगवान्ले पनि आफ्ना दाह्राले त्यस दुष्ट दैत्यलाई टुक्रा टुक्रा पारी मारेर त्यसका रक्तले रंगिएको रक्तरञ्जित पृथिवीको हिलाले सूँडलाई रँगाएर अत्यन्त सुन्दर बनाउँदै पृथिवीलाई लिएर आउँदा आउँदै ब्रहृमाजी र मरीच्च्यादि ऋषिहरूले स्तुति गरे– त्रयीमयं रूपमिदं च सौकरं भूमण्डलेनाथ दता धृतेन ते । चकास्ति शृंगोढघनेन भूयसा
कुलाचलेन्द्रस्य यथैवविभ्रमः।। श्री.भा.३/१३/४१
हे भगवान् ! यो हजुरको वेदमय वराह शरीर दाँतमा अड्याइएको भूमण्डलले गर्दा आफ्ना शिखरमा अडिएका धेरै धेरै बादलसहितका पर्वतको जस्तो शोभा दिइरहेको छ, त्यस्तै नै अत्यन्त सुशोभित भइरहेको छ । यसरी स्तुति गर्दा गर्दै पृथिवीलाई ल्याएर समुद्रको जलमाथि नाउलाई जस्तै गरी आफ्ना शक्तिले अड्याएर राखिदिनुभयो । यति गरी भगवान् वराह त्यहाँबाट अन्तध्र्यान हुनुभयो । यसरी हिरण्याक्ष दैत्यले रसातलमा डुबाएकी पृथिवीको वराह अवतार भगवान्ले उद्धार गर्नुभएको थियो । श्रीकृष्णार्पणमस्तु ।।