धुलिखेल जिल्ला प्रशासनमा वाणिज्यको एक्सटेन्सन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । जुन बैंकको ५१औँ एक्सटेन्सन काउन्टर हो ।

एक्सटेन्सन काउन्टरको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्घाटन गर्नुभयो । बैंकका अनुसार शाखा कार्यालय धुलिखेलमार्फत् रहने एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ ।