![संसद्मा सत्ताको बलमिच्याइँ](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Power-shift-in-Parliament-Hita-fornt-page.jpg)
✍️ डा. केशव देवकोटा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही वैशाख २६ गते सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको छ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-७ स्थित कानन्युरीमा एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । १३.३ किलोमिटर लामो सिँचाइ सुरुङमा अब ५० सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको बताइएको छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले ०७९ को असोज २८ गतेदेखि उक्त सुरुङ खन्न सुरु गरेको थियो । उक्त सुरुङ निर्माणगर्न नेपालको सिँचाइ विभाग र उपरोक्त कम्पनीबीच ०७७ को चैतमा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
प्रधानमन्त्री दाहालबाट ‘ब्रेक थ्रु’ भए पनि सो सुरुङबाट पानी प्रवाह हुन अझै छिटोमा डेढ वर्ष लाग्ने जानकारहरूको अनुमान छ । अब उक्त सुरुङ र वरिपरिका भू-भागको भू-एक्सरे गरेर भौगर्भिक अध्ययन तथा अवलोकन गरिने भएको छ । सुरुङको सतह र भित्तामा विशेष किसिमले ढलानगरी पानी नचुहिने गरी फिनिसिङ गरिनेछ । उक्त परियोजनामा सुरुङसँगै ३१.०७ मेगावाटको जलविद्युत् आयोजना, बाँध, प्रसारण लाइन, विभिन्न सिँचाइ संरचनालगायत पूर्वाधार बनाउनुपर्ने हुन्छ । जसमा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनबाहेकका पूर्वाधार र संरचनाको निर्माण भइरहेको बताइएको छ । जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रोमेकानिकल लगायतका संरचना निर्माणका लागि गत आवमा पटेल इण्डिया र नेपालको रमन कन्ष्ट्रक्सनले ज्वाइन्ट भेन्चर (जेभी) सँग १२ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेर कामअघि बढाएको बताइएको थियो । सो परियोजनाले नेपालको तराईको एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउनुकासाथै, ३१.०७ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष रहेको छ ।
हाल सुरुङमार्ग तयार भएको भनिए पनि ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्य भइरहेका छन् । प्रधानमन्त्री दाहालले मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने आश्वासन दिनुभएको छ ।
परियोजनामा सिन्धुली र रामेछाप जिल्लाको सीमाना भएर बग्ने सुनकोशी नदीको पानी (जसमा भोटेकोशी, तामाकोशी र सुनकोशीको पानी रहेको छ) लाई सुरुङमार्फत सिन्धुली जिल्लाकै मरिण नदीमा खसालिने र बागमती सिँचाइ आयोजनाको संरचनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याइने बताइएको छ । तामाकोशी र सुनकोशीको दोभानभन्दा केही तल सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज निर्माण गरिने भनिएको छ । जहाँ हाल सुरुङमार्ग तयार भएको भनिए पनि ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्य भइरहेका छन् । प्रधानमन्त्री दाहालले मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने आश्वासन दिनुभएको छ ।
त्यसैगरी विभागीय मन्त्रीको निरीक्षण र रेखदेख पनि निरन्तर जारी छ । सो आयोजनाका लागि सरकारले कूल ४६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । हाल सो आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पनि भइरहेको छ ।
सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानीलाई उक्त नदीमा बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीको किनारमा पु¥याइ उपलब्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत् उत्पादनगरी निस्केको पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६,६०० हेक्टर र ४५,४०० हेक्टरगरी जम्मा १,२२,००० हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । उक्त आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटरमाथि कानन्युरीभन्ने स्थानमा सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेण्डिङ बेसिन, टनेल इन्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमी लामो सुरुङ, सर्ज पण्ड स्वीच यार्ड,३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण भइरहेको छ । सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुने भएकाले राजमार्गलाई ९०० मिटर डाइभर्सन गर्नुपर्ने भएको छ ।
त्यसैगरी बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन् । त्यसैगरी विद्युतगृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्यांकनको काम पनि पूरा भएको छ । उक्त सुरुङ चुरेपर्वत शृंखलाबाट महाभारत पर्वत शृंखलामुनि पर्दछ । जुन कडा चट्टानयुक्त क्षेत्र भएकाले केही असहज भएको बताइन्छ । २०८४ को असोजमा सो आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी गाँउपालिका-६ स्थित सुनकोशी नदीमा १२ मिटरको उचाइको बाँध बाँधिनेछ । खासमा सुनकोशी मरिन डाइभर्सन आयोजना भारतको नदी जडान योजनासँग पनि जोडिएको छ । भारतले सन् १९४७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएलगत्तैदेखि नेपालको जलश्रोतमा आँखा गाड्दै आएको देखिन्छ । जसअनुसार सन् १९८० को प्रारम्भमै नेपालमा सातवटा जलाशयुक्त बाँधको खाका तयार पारिएको थियो ।
नेपालको करिब छ लाख जनसंख्या विस्थापितगरी बनाइने २९ वटा जलाशययुक्त उच्चबाँध प्रणालीको योजना लागूगर्ने नीतिगत निर्णय भएको थियो । जलासययुक्त उच्चबाँध पञ्चेश्वर, कर्णाली चिसापानी, पश्चिमसेती, बुढी गण्डकी र कोशीमा बन्ने बाँधले नेपालको २१ जिल्लाका ४१२ गाउँ पूरै, १३८ आंसिक र २८१ केही डुब्ने देखिएका छन् । ६४,८०० हेक्टरको जलासय बन्ने र ३० देखी ४० हजार मेट्रिक टन अन्न उब्जनीमा कमी आउने अनुमान छ । भारतको जमिन पश्चिमतिर अग्लो र पूर्वतिर होचो रहेको छ । जसलेगर्दा पानी पूर्वतिर बगेको र पश्चिम भारत सुख्खा भएकाले सिँचाइको विशेष योजनाअन्तर्गत भारतले बृहत् नदी जडान योजनामार्फत् पूरागर्ने लक्ष लिएको छ । जुन लक्ष पूरा हुनु र नहुनुमा ७० प्रतिशत नेपालको पानीमा निर्भर रहन्छ । सो वृहत् योजना लागू गर्नूपूर्व भारतले नेपालको स्वीकृति लिनुपर्नेमा त्यसलाई छल्नका लागि नेपालकै विभिन्न योजना बनाइएको छ ।
नेपालका ठूला नदीहरू, मेची, कोशी, नारायणी, कार्णाली र महाकाली हिमालय पर्वत शृंखलाबाट बगेर आएका छन् । जसको बहाव अटुट रहेको छ । भारतले ८० को दशकबाटै उक्त नदीहरूको पानी १२,५०० किमि लामो नहरमार्फत् पश्चिम हुँदै दक्षिण पैयाकावेरीसम्म पु¥याउने योजना सुरुगरेको थियो । सो योजनाबाट भारतले प्रथम लक्ष्य ५९८ जिल्लामध्ये १०१ जिल्लाको तीन लाख ४० हजार हेक्टर भूमि सिँचाइगर्ने राखेको देखिएको छ । त्यसैगरी दोस्रो लक्ष्य बाढीबाट प्रभावित ८३ वटा जिल्लामा बाँध र नहर बनेपछि बाढी नियन्त्रण हुन्छ र त्यसबाट हजारौ हेक्टर जमिन खेतीयोग्य हुन्छ भन्ने राखिएको छ । तेस्रोे लक्ष सन् २०५० सम्ममा भारतको जनसंख्या एक अर्ब ६५ करोड पुग्ने अनुमान गरिएकाले उक्त जनसंख्यालाई खाद्यान्न पुर्याउनका लागि नदी जडान योजनाले सहयोग पुर्याउने छ । चौथो लक्ष नदी जडान योजनाले ३४ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने तथा पाँचौं लक्ष्य तीन करोड ७० लाख प्रतिवर्ष नयाँ रोजगारी सिर्जनागर्ने रहेको छ ।
सन् २०५० सम्ममा भारतको जनसंख्या एक अर्ब ६५ करोड पुग्ने अनुमान गरिएकाले उक्त जनसंख्यालाई खाद्यान्न पुर्याउनका लागि नदी जडान योजनाले सहयोग पुर्याउनेछ । चौथो लक्ष नदी जडान योजनाले ३४ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने, पाँचौं लक्ष्य तीन करोड ७० लाख प्रतिवर्ष नयाँ रोजगारी सिर्जनागर्ने रहेको छ ।
भारतले नेपालसँग सीमाना जोडिएका भारतीय प्रदेशहरू खासगरी उत्तरप्रदेश, बिहार र पश्चिम बंगालमा पानी आपूर्तिगर्नका लागि सीमा क्षेत्रमा बाँध बाँध्ने प्रक्रियाको थालनी गरिसकेको छ । जसका कारण वर्षायाममा नेपालको तराई क्षेत्र डुवानमा पर्दै आएको छ । महाभारत, चुरेबाट निस्केका नदी र खोलाका साथै वर्षात्मा परेको पानीसमेत जम्मा गरेर सीमा क्षेत्रमा ५४ वटा बाँधमार्फत पानी जम्मा गर्ने र आवश्यकता अनुसार प्रयोगगर्ने लक्ष राखेको पनि देखिएको छ । जसअनुसार भारतले यसअघिनै ११ वटा बाँध निर्माण गरिसकेको छ भने अन्य निर्माणको प्रक्रियामा छन् । उक्त बाँध निर्माणलाई भारतले सामान्य सडक निर्माण भनेर झुक्याउने काम गरेको छ ।
कैलालीमा कैलाशपुरी बाँध सीमाभन्दा निकै तल भए पनि मोहना र कर्णाली नदी थुनिँदा नेपालको भजनी, सती, राजापुर सबै डुब्ने अवस्था छ । त्यसैगरी बर्दियाका सबै नदी, खोलालाई थुन्नेगरी गोफिया बाँध बनाइएको छ । बाँकेमा राप्तीलगायतका अन्य खोला थुन्नेगरी २२ किमि लामो लक्ष्मणपुर बाँध बनाइएको छ । दाङमा जलकुण्डी र कोइलावासगरी दुईवटा बाँध बनाइएको पाइन्छ । कपिलवस्तुमा महिलीसागर बाँध, रूपन्देहीमा १२ किमि लामो रसियावालदेखि खुर्दलोटनसम्म एउटा र अर्को तीन किमि लामो डण्डा-फरेना बाँध बनाइएको अवस्था रहेको छ । डण्डा, तिनाउ र दानउ नदीको पानी थुनिँदा रूपन्देहीमामात्र १० हजार हेक्टरको तलाउ बन्ने अवस्था छ । नवलपरासीमा तीन किमि लामो बाँध बनेको छ । वर्षेनी गौर बजार डुवानमा पार्नेगरी बागमतीलाई थुनेर बाँध बनाइएको छ । लालवकैया थुन्नको लागि बाँध बनाउने प्रक्रिया अगाडि बढेको छ ।
त्यसैगरी सिराहामा हर्कटा बाँध र सप्तरीको राजविराजमा लुना-कलौनी बाँध बन्दैछन् । उक्त बाँधहरू बनेपछि सिराहमा ११ वटा र सप्तरीमा १२ वटा गाउँ डुवानमा पर्ने देखिएका छन् । उपरोक्त सबै बाँधहरूको उचाइ २० देखि ३० मिटरसम्म हुनेछ । तर, भारतले चार/पाँच मिटरमात्र उचाइ हुने प्रचार गरेको छ । यदि नेपालको सीमा क्षेत्रमा ३० मिटर अग्ला ५४ वटा बाँध पूर्व पश्चिम बनाइयोभने नेपालको तराई क्षेत्र वाह्रै महिना पानीको ताल बन्ने अवस्था आउने देखिएको छ । त्यसैगरी चुरेको फेदी सिमसार बन्ने अवस्था छ । यही वैशाख २६ गते ‘बेक थ्रु’ गरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना भारतको नदी जडान योजनाकै एक अंग हो । बुझ्नुपर्ने कुरा केछ भने नेपालमा बिभिन्न नदीको किनारामा रहेका लाखौं हेक्टर जमिन पानीको अभावमा बाँझै रहने अवस्था सिर्जना भएको छ भने कतिपय जमिन बाँधका कारण डुवानमा पर्दै गएका छन् । जहाँका बासिन्दाहरू अन्यत्र स्थानान्तरण हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसरी भारतको नदी जडान योजना नेपालका लागि अभिषाप भएको छ । नेपालीलाई आत्मनिर्भरभन्दा परनिर्भर बनाउने गतिविधि निन्दनीय रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच