सर्लाहीमा बज्जिका भाषाको पहिलो ‘राष्ट्रिय बज्जिका कविता प्रतियोगिता’ हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

सर्लाही । सर्लाहीमा बज्जिका भाषाको पहिलो राष्ट्रिय बज्जिका कविता प्रतियोगिता हुने भएको छ । बज्जिका साहित्य समाज सर्लाहीको आयोजना तथा सदरमुकाम मलंगवामा रहेको लक्ष्मी इन्टरप्राइजेज एन्ड जेनरल सप्लायर्सको सहयोगमा सर्लाहीमा पहिलोपटक राष्ट्रिय बज्जिका कविता प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सर्लाहीको कुल जनसंख्या ८ लाख ६२ हजार ४७० मध्ये बज्जिका मातृभाषाको रुपमा ५ लाख ०९ हजार ५८८ र पितृभाषाको रुपमा ५ लाख ३१ हजार ९७२ ले बोल्ने गरेका छन् । सर्लाही जिल्लामा मातृ तथा पितृ भाषाको रुपमा सबैभन्दा ठुलो रहेको बज्जिकामा साहित्यको विकास भर्खर हुनथालेको छ । सर्लाहीमा पहिलोपटक राष्ट्रियस्तरको बज्जिका कविता प्रतियोगिता हुन लागेको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले जानकारी दिनुभयो ।

मंसिर १ गते शनिवारका दिन हुने प्रतियोगिताको लागि कात्तिक २१ गते साँझको ५ बजेसम्म कविता पठाइ सक्नुपर्ने सचिव मिश्रले जानकारी दिनुभयो । प्राप्त कविता मध्ये प्रारम्भिक छनौटमा परेका १० कविताका रचनाकारलाई अन्तिम वाचनको लागि बोलाइने प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ४ हजार एक सय रुपैया नगदका साथै प्रमाणपत्र प्रदान गरिने मिश्रले बताउनु भयो । कविता एक सय पचास शब्दमा हुनुपर्ने बताइएको छ ।

बज्जिका भाषामा सर्लाहीमा पहिलो पटक राष्ट्रियस्तरको कविता प्रतियोगिता हुन लागेकोमा उत्साह देखिएको छ । बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्णले साहित्यकारहरुमा निकै उत्साह देखिएको बताउनु भएको छ ।

यसअघि रौतहटको गढीमाई नगरपालिकाले पहिलोपटक राष्ट्रियस्तरको बज्जिका कविता प्रतियोगिताको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?