’उषा को किरण’मा प्रतिभाको हट लुक ( भिडियो )

हिमालय टाइम्स   POSTED ON : बैशाख ६, २०७८ (८:०१ PM)

  ’उषा को किरण’मा प्रतिभाको हट लुक ( भिडियो )

  काठमाडौँ । कलाकारितामा रुचि राख्ने अस्ट्रेलिया निवासी चन्दन घिमिरेले आफ्नो डेब्यु म्युजिक भिडियो ’उषा को किरण’ सार्वजनिक गरेका छन्।  

 रोमाण्टिक भर्सनको यस गीतमा युवती प्रति प्रेम भाव व्यक्त गरिएको छ।  जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन्। गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।  

अस्ट्रेलियामा छायांकन गरिएको यस म्युजिक भिडियोमा चन्दन घिमिरे  र प्रतिभा महर्जनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।  सुदिप बिस्टको सम्पादन  र निर्देशनमा भिडियो तयार पारिएको हो।  हाइलाइट्स नेपालको  मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

Top