15th September | 2019 | Sunday | 7:56:57 PM

हिमपहिरामा परी मृत्यु

  POSTED ON : मंसिर १३, २०७३ (९:०६ PM)

सोलुखुम्बु। सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ । भूकम्पलगत्तै हिमपहिरो जाँदा खुम्जुङका फुनुरु शेर्पाको ज्यान गएको र एक फ्रान्सेली घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ । रासस

Views: 122