झण्डै एक दशकपछि हरियाली बन्यो बागलुङको वीरेन्द्र-ऐश्वर्य पार्क

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङ बजारवासीले विश्रामस्थलको रुपमा लिदै आएको ऐतिहासिक वीरेन्द्र–ऐश्वर्य उद्यान झण्डै एक दशक अलपत्र प¥यो । हरियाली तथा व्यवस्थित बनेको शुन्दरपार्कमा वीरेन्द्र–ऐश्वर्यको शालिक थियो । २०६२/६३ सालको जनआन्दोलनको क्रममा जब आन्दोलनकारीले वीरेन्द्र–ऐश्वर्यको शालिक तोडफोड गरे त्यसपछि पार्क विस्तारै कुरुप बन्दै गायो ।

पछिल्लो एक वर्ष अघिसम्म पार्कमा जीर्ण रुखमात्रै बाँकी थिए । धेरैले पार्क कुरुप बनेपछि पार्क संरक्षणको जिम्मा पाएको बागलुङ नगरपालिकाको चर्को आलोचना समेत भयो । तर पछिल्लो छ महिना एता वीरेन्द्र–ऐश्वर्य उद्यानले जुनीनै फेरेको छ । कुरुप बनेको पार्क अहिले हरीयालीमा परिणत भएको छ ।

बागलुङ बजारभित्र अव्यस्थित वीरेन्द्र–ऐश्वर्य उद्यान पुनःनिर्माण पश्चात चिरिच्याट्ट परेको छ । अहिले पार्क निर्माणले अन्तिम रुप लिदा भने स्थानीबासी दंग परेका छन् । पार्क निर्माणले अन्तिम रुप लिएको छ भने दुँबो रोपेर हरीयाली बनाइएको छ ।

अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुङ्गा छाप्ने काम सकिएको छ भने केही रङ्ग रोगन र विद्युत जडान लगायतको काम भने अझै बाँकी रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘श्रेष्ठले मैले पार्क पुननिर्माणको अनुगमन गरेको छु, केही कमी कमजोरीलाई सच्चाउन भनेको छु, एक दुई महिना भित्रै पार्क सर्वसाधरणलाई खुल्ला गर्ने तयारी छ, पार्क अझै आकर्षक बन्नेछ’ श्रेष्ठले भन्नुभयो ‘लामो समयदेखि अस्तव्यस्त बनेको उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरासहित पुनःनिर्माण गरिएका कारण निकै आकर्षक देखिन थालेको छ ।’

नगरपालिकाले झण्डै एक करोड लागतमा उक्त पार्क पुर्न निर्माण गरेको हो । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यकरण तथा स्थापना गरिएको थियो । विसं २०६२/६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र–ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरुप हुँदै आएको थियो । अहिले राजारानीको सहिद भएको स्थानमा पानीको फोहोरा बनाइएको छ ।

उद्यानको मुख्य भागमा पानीको फोहोरा र विद्युतीकरण हुनेछ भने पदमार्गमा ताराखोलाको स्लेटढुङ्गा छापिएको छ । उद्यान वरपर विभिन्न फूल र बिरुवा रोपिएको छ । कुरुप बनेको उद्यान पुनःनिर्माण संगी हरियालीमा परिणत भएपछि बागलुङ बजारवासी खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?