भ्रष्टाचार र राजनीतिक बेइमानीकाविरुद्ध ‘पी सेभेन’

Read Time = 1 min

काठमाडौं । सात कविहरूको समूह ‘पी सेभेन’ले मुलुकमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीकाविरुद्ध विशेष कविता गोष्ठी सम्पन्न गरेको छ । शनिबार काठमाडौंको चन्द्रागिरिमा आयोजना गरिएको उक्त कविगोष्ठीमा सातै जना कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै आ-आफ्ना कविता वाचन गरेका थिए ।

कवि गोष्ठीमा ‘पी सेभेन’का आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनी समसामयिक विषयमाथि बुलन्द कविता प्रस्तुत गर्नुभएको थियो । समूहका अर्का कवि टंक उप्रेतीले भच्र्युअलरूपमा गोष्ठीमा सहभागिता जनानउनुभएको थियो ।

‘संघ र प्रदेशको आसन्न निर्वाचनमा सहभागी बनौँ, असल उम्मेदवारको चयन गरौँ’ भन्ने नाराका साथ कवि गोष्ठी सम्पन्न भएको थियो । कविता साहित्यमा तीन दशकभन्दा बढी सक्रिय सात कविहरूको यस समूहको ‘यतैकतै’ संयुक्त कविता संग्रहसमेत प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?