जहाँ निष्ठालाई विष्ठा बनाइन्छ, मूल्य, मान्यता र आस्थालाई अवमूूल्यन गराइन्छ, आदर्शलाई आडम्बर, ढोँग र खोक्रो गफ ठम्याइन्छ त्यस्तो समाज विस्तारै बर्बर युुगतिरको कालो प्वालमा पुुग्ने निश्चित छ । किनकि आदर्श भनेको ऐना हो जसले जो जे जस्तो छ त्यस्तै देखाउने काम गर्दछ । क्रान्ति नायक नेताजी सुुभाषचन्द्रबोषको शब्द सापटी लिएर भन्नुुपर्दा–‘जगत्मा सबै कुरा क्षणभङ्गुर छन्, तर आदर्श शाश्वत र अविनाशी छ । हाम्रो आदर्श नै हाम्रो समाजको आशा हो’ । वास्तवमा आदर्शबाटै नै सिद्धान्त, विचार, व्यवहार र मूल्यमान्यता एवं निष्ठा प्रवाहित हुनसक्छन् ।
आदर्श त्यति बेला खोक्रो आडम्बर र देखाउने दाँतमात्र बन्दछ जब यसको मर्मलाई शर्म पचाएर मूूल अभिकर्ताहरू स्वेच्छारी बन्दछन् । किनकि समाज भनेको त ‘महाजनो येन गतः सपन्थाः’ अर्थात् गुरुतम दायित्व बोकेका ठूलामान्छे हिँड्ने बाटो नै समाजका आम मानिसहरूले अनुुशरण गर्ने पन्था हो ।
यतिखेर हाम्रो देशको महत्वपूूर्ण क्षेत्रहरू आपद्, विपद् र गम्भीर सङ्कटले अभिग्रस्त हुन लागिसक्यो भनेर त्यही क्षेत्रका विज्ञ, वेत्ता वा अनुुभवीजनहरू सरकार र सम्बन्धित निकायलाई सुुझाब, सल्लाह तथा चेतावनी दिइरहेका छन् । दशकौंदेखि त्रिविमा प्राध्यापनरत वरिष्ठ शिक्षाविद् तथा समाजशास्त्री आदरणीय चैतन्य मिश्रज्यूूले केही महिनाअघि हाम्रो विश्वविद्यालयबारे यस्तो चित्रात्मक धारणा राख्नुभएको थियो, नेपालका विश्वविद्यालय परिवर्तन गर्ने हो भने आवश्यक संख्याको आधाजति शिक्षक बाहिरबाट ल्याउनुुपर्छ । विदेशी प्रा.का लागि ठाउँ बनाउनु जरुरी छ ।
विभिन्न तह र विषयमा गरी चार लाखभन्दा बढी विद्यार्थीहरूको अध्ययनको थलो जहाँ एक हजार एक सय चालीस क्याम्पसहरूको अम्ब्रेला भएर बसेको त्रिविले प्राज्ञिक पात्रोसम्म निकाल्न नसकेको खबरले यसको हविगत स्पष्ट पार्दछ । के यो हाम्रो लागि विडम्बनाको विषय होइन र ?
अझ थप्दै भन्छन् ः आपूmले पढाउने कोर्स आफैं बनाउँन सक्ने क्षमता भएका प्राध्यापकहरू कत्ति पनि छैनन्, हामीलाई पढाकु प्राध्यापकको ठूलो खाँचो छ । प्राध्यापन, अनुसन्धान, लेखन र बौद्धिक अभ्यासलाई केवल जागिर खाने मेसो बनाउन खोज्नु हाम्रो केही दशकका अनुुभव हुुन्’ । एक भुुक्तभोगी बौद्धिक अध्येताको यो मार्मिक तथ्यले हाम्रो शैक्षिक अवस्थाको वास्तविकता उभ्याएको छ । खास गरेर हाम्रो उच्च शिक्षा प्रतिस्पर्धी उत्पादनमुखी अनुुसन्धानात्मक बन्न नसक्नु, शिक्षित बेरोजगार अत्यधिक रूपमा बढ्दै जानुु, विश्वविद्यालयहरूमा अध्यापन, परीक्षा, परिणाम ठीक समयमा हुन नसक्नुु, तालाबन्दी, हड्ताल र कर्मचारी एवं प्राध्यापकको दरबन्दी पूूर्ण नहुुनुुले विद्यार्थीहरूको आकर्षण क्रमशः घट्दै गएको बोध हुुन्छ ।
साँच्चै नेपालमा स्कुल शिक्षा उत्तीर्ण भइसकेपछि उच्च शिक्षा अध्ययनार्थ बाहिरिने जनशक्तिको हालको तथ्यांक हेर्दा अत्यासै लागेर आइसक्यो । चालु आर्थिक वर्षको सात महिनाको अन्तरालमै वैदेशिक अध्ययनका लागि नेपालबाट त्रिचालीस अरब पचहत्तर करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्रबैँकको मासिक प्रतिवेदनले देखाएको छ । (कान्तिपुर दैनिक ०७९ चैत १२) यस्तो कराल अवस्थाले यहाँका शीर्ष भनिएका नायक, वरिष्ठ शिक्षाकार र सरोकारवालाहरूको हृदय किनभित्रैदेखि पोल्दैन र हल्लिँदैन ? सालिन्दा यसको बढोत्तरी भइरहँदा पनि प्रतिभा पलायन रोक्न सरकारबाट किन नयाँ कार्ययोजनाहरू आउँदैनन् ?
के यहाँ चिन्ता, चिन्तन, चैतन्य हराएकै हो त शासन प्रशासनको वागडोर समात्नेहरूका ? । यसरी नव अभिनव मेधा शक्ति देशबाट यत्रो संख्यामा बाहिरिनु भनेको हाम्रो वर्तमान शैक्षिक नीति योजना दुुर्बल बन्नुु नै हो । जसले देशको आगामी आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत सबै पक्षमा गम्भीर प्रभाव पारेको छ । जो नेपाल सरकारको व्यवस्थापन गर्ने कौशलमा देखिएको अक्षमता नै हो भन्नुुपर्ने हुन्छ । जसका कारण आज राष्ट्रिय अर्थतन्त्रमा ठूलो चुनौती र संकट थपिरहेको छ ।
विभिन्न तह र विषयमा गरी चार लाखभन्दा बढी विद्यार्थीहरूको अध्ययनको थलो जहाँ एक हजार एक सय चालीस क्याम्पसहरूको अम्ब्रेला भएर बसेको त्रिविले प्राज्ञिक पात्रोसम्म निकाल्न नसकेको खबरले यसको हविगत स्पष्ट पार्दछ । के यो हाम्रो लागि विडम्बनाको विषय होइन र ? विसं २०१६ मा स्थापित त्रिविदेखि २०७८ सालमा स्थापित हालको कान्छो विश्वविद्यालय–मधेस कृषि विश्वविद्यालयसम्म बेथिति, विसंगति र शैक्षिक अस्तव्यस्तताले आक्रान्त भइरहेको सर्वविदितै छ । अर्कोतिर स्कुल तहको शिक्षा पनि कोभिडपछिका वर्षहरूमा स्तरहीन हुनपुुगकोे कसैबाट छिपेको छैन ।
एसइई परीक्षा त पहिला पहिला चल्ने वार्षिक परीक्षाजस्तो पनि भेटिन छोड्यो । सबै पास हुने प्रणालीले कक्षा एघार र बाह्रको जनशक्ति अत्यन्त कमजोर बन्न गएको छ । कक्षा बाह्रको यस पालिको उत्तीर्ण प्रतिशतको न्यूनताले यसलाई पुष्टि गरेको छ । बाह्रखरी नखारेकाका हुलै स्नातक तहको ढोका ढक्ढक्याउन थालेपछि अब के शिक्षामा आपद्काल लागेन र ? अधिकांश स्तरीय विद्यार्थीहरू अध्ययनार्थ परमुलुकको आकर्षणमा खिचिएका छन् भने शैक्षिक स्तर कम भएका पासे जनशक्ति जो न तिनीहरूसित मेधा छ न कुनै सीपमा दक्ष छन् ती पनि रोजगारीको लागि खाडीलगायत मलेसिया र अफ्रिकी मुलुकमा हुत्तिने जमर्कोमा वैधअवैध बाटोबाट देश छोड्ने क्रम अत्यधिक छ ।
निर्वाचनपछिको नयाँ सरकारले देशलाई नयाँ गति देला भन्ने जनआशामा सय दिनको मधुमास कटुमास बनेर निराशामा परिणत भइरहेको छ । लोकतन्त्रका प्राणवायुुका रूपमा ठडिएका नेपालका दलहरू पारस्परिक अविश्वास, मौकापरस्त चरित्र, अस्थिरतथा ढुुलमुुले हुनुुले अराजकताको बाछिटा जताततै पर्दैछन् ।
बैंकिङ क्षेत्रमा मडारिएको कालो बादलले देशको आर्थिक जटिलता प्रतिबिम्बन गरिरहेको छ । विश्वभरि निम्नमध्यमस्तरीय जनताको लागि सफल र आकर्षणको संस्था बनेको लघुवित्त हाम्रो देशमा जनअप्रियमात्र नभएर गरिबमारा पनि भयो भन्ने प्रपोगण्डा चलिरहेको छ । बैंकिङ क्षेत्रका कर्मचारीहरूमा असुरक्षाको भावनाले अराजकता निम्त्याइरहेको छ । उद्योगी व्यापारी र व्यवसायीहरू बैँकिङ कर्जाको ब्याजदरलाई एकल अंकमा झार्नुपर्ने अनिवार्यतामा जोड दिइरहेका छन् भने बंँकहरू असमर्थता देखाइरहेका छन् । कालो सूचीमा अभिलेखीकृत हुनेको फेहरिस्त बढ्दै गएको छ । विगतको आर्थिक वर्षमा दश हजार देखिएको थियो भने २०७९ को हालसम्ममा तेइस हजारभन्दा बढी बैंकको कालो सूचीमा दर्ज हुन पुुगेको दृश्यले आर्थिक स्थितिको दयनीयता संकटकालतिर धँकेलिएको स्पष्ट छ ।
त्यसै गरी सामाजिक सद्भाव, सांस्कृतिक एवं धार्मिक सद्भाव र राष्ट्रिय एकताको मर्ममाथि पनि संकट खडा भइरहँदा हाम्रो आगामिता असफल देश बन्ने त होइन ? भन्ने प्रश्नले गिजोलिरहेको छ । सीमातीत महँगी दैनिक उपभोग्य वस्तुहरूमा खाद्यान्न, दूध, तरकारी, लुुगाफाटो, इन्धन, सुनचाँदीमा बढ्नुु देश विपद्तिर गएको संकेत हो । खेतीयोग्य जमिन बाझिने श्रमबजार संकुचनमा जानुु, रोजगारीका अवसर न्यून हुनु शासक प्रशासक संपन्न र जनता विपन्न बन्न थाल्नु वर्गीय दरार खडा भएको अशुुभ पक्ष होइन र ?
निर्वाचनपछिको नयाँ सरकारले देशलाई नयाँ गति देला भन्ने जनआशामा सय दिनको मधुमास कटुमास बनेर निराशामा परिणत भइरहेको छ । लोकतन्त्रका प्राणवायुुका रूपमा ठडिएका नेपालका दलहरू पारस्परिक अविश्वास, मौकापरस्त चरित्र, अस्थिरतथा ढुुलमुुले हुनुुले अराजकताको बाछिटा जताततै पर्दैछन् । नियम कानुनहरूको मनपर्दी प्रयोगले कानुनीराज छाँयामा छ । न्यायपलिकाले आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे हुनुु हाम्रो अभिशाप होइन र ? सय दिनको सरकारको गतिमा कुनै रचनात्मक ऊर्जा नदेखिनुुमात्र राजनीतिक दाउपेच, सत्ताप्राप्तिको षड्यन्त्र र स्वार्थ विनिमयको चक्रव्यूहमा जनप्रतिनिधिहरू फस्नु देशलाई संकटको भुुँमरीतिर लैजानुु नै हो ।
आज हरकोणबाट देश आपत्, विपद् र संकटको भासमा भासिएको छ । तमाम नेपाली जनता राज्यको वागडोर लिनेहरूसित आक्रोश, निराश र उदास बन्दै जानुभनेको अराजकता बढ्ने लक्षण हो । देशका जिम्मेदारवर्ग सचेत र होसियार हुनुुको सट्टा दिशाहीन, लक्ष्यहीन र सतही बनेर अलमलिनुु अग्रगमनको यात्रामा विराम लाग्नु हो । देशमा विद्यमान हालको संकट, आपत् तथा विपद्मा नयाँ रक्तसञ्चार गराउन सक्ने सामथ्र्य सरकारले नदेखाएमा अग्रगामी भनिएको प्रणालीले खुुट्टा तान्न सक्छ । सबैलाई चेतना भया..........।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच