बालिका बलात्कारको आरोपमा तुलसीपुरमा एकजना पक्राउ

सांकेतिक तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

तुलसीपुर । तुलसीपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय विनोद वली १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार बिहान पक्राउ परेका हुन् ।

वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगेर मंगलबार दिउँसो बलात्कार गरेको आरोप छ । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?