
काठमाडौं । गीतकार डम्बर यक्सोको नयाँ गीत ‘मुस्कान छैन’ सार्वजनिक भएको छ । स्मिता प्रधानको स्वर, दिनेश ‘काजि’ बान्तवाको लय, देबेश राईको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस् योगेन मुकारुङ र मिक्सिंङ देबेश राईको छ गीतमा । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेवा इन्टरटेन्मेन्ट’ मार्फत् सार्वजनिक गरिएको हो । जयन्द्र कुवरको छायांकन, सोनु विश्वकर्माको शृंगार र जीवन मुकारुङको सम्पादन गीतको भिडियोमा छ ।
गीतकार डम्बर यक्सो पुर्खेउली घर ताप्लेजुङ् भए तापनि बुबा मलायाको लाउरे भएका कारण जोरबारु मलेसियामा जन्मिनुभएको हो । मलायामा जन्मे पनि आफ्नो बुबाको अवकाशपछि आफ्नै पुर्खेउली घर ताप्लेजुङ हाङ्पाङ्को सरस्वती माध्यमिक विद्यालयबाट २०३५ सालमा एस.एल.सी. उत्तीर्ण गर्नुभएको थियो ।
केही वर्ष सोही विद्यालयमा अघ्यापन पेशामा काम गर्दा गर्दै अन्ततः आफ्नै बुबाको पाइला पछ्याउँदै ब्रिटिश आर्मीमा भर्ती भई दुई दशक काम गरेर हाल अवकाश जीवन बिताइ रहनुभएको छ । गीतकार डम्बर यक्सोले हाल केही गीतको रेकडिङ र कवितासंग्रह प्रकाशनको तयारीमा रहेको बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच