
काठमाडौं । चलचित्र ‘बद्रीबहादुर’को गीत ‘मेरो जीवन’ सार्वजनिक गरिएको छ । यही २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा उजन नेम्वाङको स्वर, शब्द र संगीत छ । शोभित बस्नेतको निर्माता निर्देशक रहेको चलचित्रको सार्वजनिक गीत कमेडी फ्लेवरमा तयार पारिएको हो । गीतको भिडियोमा प्रमुख कलाकार जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड हुनुहुन्छ ।
चलचित्रमा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक शोभित बस्नेत स्वयं देखिनुभएको छ । चलचित्रको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मासमेत फिचर्ड हुनुहुन्छ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन र समीर मियाको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच