
काठमाडौं । पत्रकार तथा कथाकार रेजिना पाण्डेको कथाकृति ‘अस्तित्व’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त कृति विमोचन गरिएको हो । कथाकार मणि लोहनीले कृतिमाथि चर्चा गर्दै रेजिना सम्भावना बोकेकी कथाकार भएको बताउनुभयो ।
कृतिभित्रका कथाहरूमा कथाकारले पुरुषको मनोविज्ञानलाई उतार्ने प्रयास गरेको बताउँदै लोहनीले कृतिभित्रका सम्बन्धवादी कथाहरू आफूलाई मनपरेको सुनाउनुभयो ।
साहित्यिक पत्रकार जयदेव भट्टराईले रेजिनाको कथा लेखनको निरन्तरताको कामना गर्नुभयो । कथाकार पाण्डेले समाजभित्रका कतिपय पात्रहरूले आफूलाई कथा लेख्न घच्घच्याएको सुनाउनुभयो ।
उक्त अवसरमा अग्रज पत्रकार शम्भु श्रेष्ठ, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले आ-आफ्ना भनाइ राख्दै कथाकार पाण्डेलाई शुभकामना दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच