✍️ हरिभक्त सिग्देल ‘महेश’
बिते दशक यी तीन कलमी तहमा रमी
स्वतन्त्र जनता देश नाची छम्छम छम्छमी ।
नेपाली भाव भाषाका विज्ञमा चेतना भरी
अन्याय नसहूँ हामी सचेतमा सधैँभरि ।।
सम्बाहक तिमी देश नेपाली मनका जन
दैनिक पत्रिका राम्रो भन्दछन् मनका मन ।
निरन्तर दिई चेत शिक्षा स्वास्थ्य र साथमा
पर्यटन छ उद्योग सूचना स्वास्थ्य देशमा ।।
उद्योग पिउने पानी मानव अधिकारमा
स्वतन्त्र र प्रजातन्त्र नेपाल विश्व माझमा ।
सूचना सब खोजेर बाँडी हाम्रो समाजमा
दत्तचित्त भएको यो निर्भीक बनी देशमा ।।
शृंखला हिउँका ज्यादा पार्वतीय भनी धरा
सर्वाेच्च हिमको अग्लो नाम तिम्रो छ यो हरा ।
लुम्बिनी दिलको शान्ति सगर्माथा छ नै शिर
बुद्धका नाममा तिम्रा भरिन्छन् सब अक्षर ।।
हिन्दुत्व आँतमा राखी समता भर्नमा अरू
पाना पल्टाउँदा दंग पर्दछन् सब आबरू ।
नेपाली भूमिमा जन्मी विभिन्न देशमा बसी
आफ्नो भाषा भनी बोल्ने पलेँटी हेर्दछन् कसी ।।
प्रत्येक दिन झुल्केर घरआँगन यी सधैँ
बोकी सन्देश यो विश्व ज्ञानभण्डारमा सधैँ ।
बेला बखत चुक्दैन पुग्ने ठाउँ कहीँ कतै
हिउँ समय दैनिक पुगेको छ जताततै ।।
सार्वभौम सदा चिन्ने शक्ति ज्ञान बढाउने
सन्तश्रद्धा छ यो पुष्प ज्ञान माला चढाउने ।
सबैमा पुग्छ यो नित्य नयाँ सन्देश साथमा
द्विविधा भाग्छ पढ्नेको देश राखेर गाथमा ।।
नेपाली राष्ट्रको यो छ तीस वर्ष निरन्तर
दौडिँदै छ सदावर्त बोकी चेतनको घर ।
मान्छेका चाहिँने जम्मै प्रजातन्त्राधिकारमा
जेल नेल खुलाएर आएको व्यवहारमा ।।
शुभको कामना हाम्रो मुक्तिनाथ समेतको
मान्छे पुस्तकका साथ शुभाशिष अनेकको ।
व्यक्ति सदस्य यी संस्था सबैको छ सधैँभरि
शुभको शुभका साथै कामना छन् थरि थरि ।।
तीसौँ वर्ष गरी पूरा अझै व्यापक विश्वमा
ख्याति साथ बढोस् क्षेत्र खुला विशाल विश्वमा ।
विभिन्न धर्म र देव जात लिंग र वर्णमा
बनोस् प्रिय सदावर्त मेचीकाली समेतमा ।।
पब्लिकेसन इम्प्रेसन् र सारा मिडिया अनि
नेपाल न्युज नेट्वर्क इन्टरनेसनलै पनि ।
शर्मा उज्ज्वलका साथ दाहाल पुरुषोत्तम
अरू पर्दा परी भित्र खटेका कर्मका जन ।।
पढी दैनिक जान्ने ती ग्राहक वर्गमा पनि
सुन्ने सुनाउने विज्ञ समाचार र जीवनी ।
स्वदेश र विदेशैमा ज्ञान सप्पै पुर्याउने
बाँड्ने छन् पत्रिका साथै माध्यममा सुहाउने ।।
सबैमा मनका पस्की शुभकामन दौडिने
सुखदुःख परे आपद् आहालबिच पौडिने ।
हिमाल र तराईका पहाड गाउँगाउँमा
मरुभूमिसमेत जम्मै कर्म अभ्यस्त ठाउँमा ।।
जय होस् जय होस् तिम्रो तिमी सन्देशवाहक
साहित्य र कला बोकी रमाउने विचारक ।
पक्ष विपक्ष कोही छैनन् समतुल्य गरिकन
यथार्थ छन् समाचार समाजमा समर्पण ।।
प्रख्याति छ अझै फैली सुवास विश्वमाझमा
घरआँगन फैलाओस् बिहानी दिनसाँझमा ।
तिम्रो नै छ हुने चर्चा छापेका सत्य वस्तुको
फैलियोस् नाम हे पत्र विनोद शुभ अस्तुको ।।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच