
विष्णुचन्द्र गौतम
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको आजको सबैभन्दा ठूलो चुनौती भनेको राज्यको हरेक तह र तप्काबाट भ्रष्टाचारलाई निमिट्यान्न पार्दै लैजानु हो । ट्रान्सपरेन्सी इन्टरनेशनलका पछिल्ला तथ्यांकले भ्रष्टाचार अवधारण सूचकांकमा केही सुधार भएको देखाए तापनि नेपाल भ्रष्ट मुलुकहरूकै सूचीमा सामेल छ । सन् २०२२ मा नेपाल ३४ अंकका साथ ११०औं स्थानमा थियो भने २०२३ मा नेपाल ३५ अंकका साथ १०८औं स्थानमा रहेको थियो । भ्रष्टाचार अवधारणा सूचकांक ५० भन्दा कम प्राप्त गरेका देशहरूलाई भ्रष्ट देश भनेर बुझिन्छ । दक्षिण एसियाका देशहरूभध्ये भुटानलाई सबैभन्दा कम भ्रष्ट मुलुकका रूपमा चिनिन्छ । सन् २०२३ मा भुटान ६८ अंकका साथ २६औं स्थानमा थियो ।
आजको परिस्थितिमा नेपाली समाजमा कुनै सामाजिक समस्याका विरुद्ध धेरै आवाज उठेको छ भने पक्कै त्यो भ्रष्टाचारका विरुद्धमै उठेको छ । तिन तहका सरकारका आ-आफ्नै प्रयास भइरहेका छन् तर तिनीहरू प्रभावपूर्ण देखिएका छैनन् । जति व्यवस्था बदलिए पनि भ्रष्टाचार नघटेको बरू बढेको भनेर स्वरहरू टड्कारो रूपमा आवाज उठेको छ । ऐन कानुन पनि नबनेका होइनन् वा सजाय नभएका होइनन् तर समस्या ज्यूँका त्युँ छन् । मन्त्री जस्तो पदमा रहेका शक्तिशाली राजनीतिक व्यक्तिहरूले भ्रष्टाचारकै निहुँमा सजाय काटिसकेका वा अदालतमा मुद्दा खेपिरहेका छन् । थुप्रै उच्च पदस्थ कर्मचारीले जेल सजाय काटिसकेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू पनि भ्रष्टाचारको कठगरामा उभिसकेका छन् । भ्रष्टाचारको छानबिन गर्ने संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही कर्मचारी पनि भ्रष्टाचारकै आरोपमा छानबिन भइसकेका छन् । सार्वजनिक संघसंस्थामा भएका भ्रष्टाचारका थुप्रै समाचार आइसकेका छन् । सुडान घोटला काण्ड यसकै एउटा उदाहरण हो । लाउडा काण्ड, वाइड बडी काण्ड आदि जस्ता भ्रष्टाचारका काण्डको ठूलै चाँग लगाउन सकिन्छ ।
भ्रष्टाचार पद र शक्ति हातमा भएको मानिसहरूले गर्ने सामाजिक अपराध हो । सामान्य मानिसहरूले यस्तो गर्ने सामथ्र्य राख्दैनन् तर उनीहरूले यसको अन्त्यका लागि योगदान भने दिन सक्दछन् । उनीहरूले भ्रष्ट भनेर चिनिएको । व्यक्तिलाई मान भाउ दिनुहुँदैन । आफ्ना सन्तानलाई भविष्यमा त्यस्तो बाटोमा नलाग्न र त्यस्तो नबन्न सिकाउनुपर्दछ । समाजले अब इमानदारी र सत्यता भएकालाई इज्जत गर्नुपर्दछ । विभिन्न काण्ड र अपराधमा मुछिएकालाई बेवास्ता गर्नुपर्दछ ।
राजनीतिक, शैक्षिक, खेलकुद न्यायालयलगायत कुनै पनि क्षेत्र भ्रष्टाचारको आरोपबाट अछुतो छैन । यस्तो लाग्छ भ्रष्टाचारको गन्धले नबिगारेको कुनै क्षेत्र छैन होला । नीतिगत भ्रष्टाचारको विषय होस कि संस्थागत, रेडियो टेलिभिजन वा पत्रपत्रिकामा भ्रष्टाचार विषयसँग सम्बन्धित समाचार प्रसारण नभएको वा नछापिएको दिन छैैन । बढ्दो भ्रष्टाचारका कारण जनताको बलिदानीबाट ल्याइएका व्यवस्थामाथि चुनौतीका चाँग थपिँदै गएका छन् ।
भ्रष्टाचार मौलाउनुमा के राजनीतिक व्यवस्थामात्र दोषी छ ? ऐन, कानुन र नीतिनियम मात्र दोषी छन् ? नेपाली समाजमा पनि दोषी छैन ? पक्कै पनि कुनै एक पक्षमात्रै दोषी छैन । सबै दोषी छन् । भ्रष्टाचार हुर्कँदै जानुमा समाजमा देखिएका भौतिकवादी सोचको प्रमुख भूमिका छ । समाजमा मानिसले व्यक्तिको चरित्र, ज्ञान, बुद्धि वा विवेकभन्दा धन सम्पत्तिलाई बढी महत्व दिन्छन् । धेरै पढेकाले भन्दा धेरै कमाएकाले बढी प्राथमिकता प्राप्त गर्दछन् । आजकाल समाजमा ठूलो घर, गाडी, सुन, चाँदी कसरी जोडियो भनेर मतलब गर्दैनन् तर त्यस्तै जोडेको मान्छेलाई चाहिँ महान् सम्झन्छन् । विद्यार्थीहरूमा धेरै पढेर के गर्ने बरू सम्पत्ति पो धेरै कमाउनुपर्दछ भन्ने सोच आइसकेको छ ।
एकपटक कोशी प्रदेशका पूर्वमुख्य मन्त्रीले आफू फेल भएर के भो त आफूले कक्षामा प्रथम हुनेहरूलाई शासन गरेको छु भन्ने आशयको अभिव्यक्ति दिएका थिए । राजनीतिक पार्टीहरूले आफूले टिकट दिँदा बुद्धिमान र योग्य व्यक्तिभन्दा पनि धेरै पैसावाल व्यक्तिलाई चुनावमा टिकट दिेने गर्दछन । यसरी चुनाव जितेर आएको नेताले पक्कै भ्रष्टाचार नै गर्छ । आफ्नो पाटीलाई धेरै चन्दा वा दान दिने व्यक्तिलाई पार्टीहरूले महान् सम्झने र विभिन्न पदको पगरी गुथाइदिने गर्दछन् ।
समाजमा विज्ञ, असल र इमानदारको भाउ घट्दै छ भने पैसावाल र धनाढ्यको भाउ अनावश्यक रूपमा बढ्दै गएको छ । यस्तो समाजमा बढ्ने भनेकै भ्रष्टाचार हो विकास र सुशासन बढ्दैन । भ्रष्टाचार समाजको डरलाग्दो रोग हो किनकि समाजमा यसले न्याय, समानता र सुशासनलाई सिध्याउँछ जसको फलस्वरूप जनतामा व्यापक असन्तुष्टि र बेखुसी बढेर जान्छ । विकासले जनतालाई सम्बोधन गर्नुको साटो विनाशलाई अगाडि लगाउँदछ । अन्तर्राष्ट्रिय स्तरमा मुलुकको बेइज्जत अराउँछ । अन्ततोगत्वा राष्ट्रलाई असफल राष्ट्र बनाउँछ । गत असोज १२ गतेको वर्षाले यति विघ्न विनाश गराउनुमा विकासमा देखिएको भ्रष्टाचार पनि त्यति नै दोषी छ । हाम्रा नीति निर्मातामा अलिकति दूरदर्शिता, इमानदारी र जिम्मेवारीपन रहेको भए अवस्था त्यस्तो नहुन सक्थ्यो । स्थानीय निकायले क्रसरहरूलाई अनुमति दिँदा कुनै पनि लोभलालचमा नफसी दिनुपर्दछ । न्यायालयले समयमा न्याय दिन नसक्दा समाजमा निर्मला पन्तका बलत्कारीहरू खुलमखुल्ला हिँडिरहेका छन् । सयौं-कैयौंले न्याय लागि पालो कुरिरहेका छन् । न्याय दिन ढिलो गर्नु न्याय नदिनु हो अनि भ्रष्टाचार गर्नु हो । न्यायाधीशहरू राजनीतिक दलहरूको भागवण्डाका आधारमा नियुक्त गरिनु न्यायलाई ज्यूँदै मार्नु हो । मान्छेलाई कोठाभित्र लगेर ढोकामा बाहिरबाट चाबी लगाइदिई बाहिर आउ भन्नु जस्तै हो । भ्रष्टाचारको अन्त्य गर्न सबै पक्ष जिम्मेवार हुनुपर्दछ । सरकार एक्लै यसका लागि प्रर्याप्त छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायत थुप्रै संस्था भ्रष्टाचार निवारणका लागि कार्यरत छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ मूल रूपमा भ्रष्टाचारको अन्त्य गर्ने भनेर नै कार्यान्वयन गरिएको हो । सुशासन ऐन र नियामावली तथा अन्य थुप्रै ऐन नियम एवं निर्देशिका बनेर कार्यान्वयन भइरहेका छन् । तर जति ऐन नियम र कानुन बने पनि नेपाल भ्रष्ट राष्ट्रहरू कै सूचीमा रहिरहेको छ । इच्छाशक्ति, संकल्प र सही प्रतिवद्धता नभएसम्म भ्रष्टाचार घट्दैन बरू बढ्दै जान्छ किनकि नियम र कानुनहरूमा कमजोरी पत्तालगाएर भ्रष्टाचार गर्दछन् । ऐन नियमले मात्रै भ्रष्टाचार रोक्दैन सरकार, समाज र सम्पूर्ण कर्मचारीतन्त्रमा भित्रैदेखि सही इच्छाशक्ति आवश्यक पर्दछ ।
नेपाली समाजले जिम्मेवार व्यक्तिको छनौट गर्दा हाम्रोलाई होइन राम्रोलाई प्राथमिकता दिनुपर्दछ । मेरो आफन्त साथीभाइ चिनजान भनेर समाज फस्नु हुँदैन । नातागोता छुट्टै कुरा हुन र जिम्मेवारीमा पुर्याउने कुरा पनि छुट्टै हो । समाजले मुलुक बनाउने कुरा सोच्नुपर्दछ व्यक्ति बनाउने कुरा होइन । यस्तो गरियो भनेमात्र भ्रष्टाचार जरैदेखि उखेलिन सक्दछ ।
नेपालमा भ्रष्टाचार अन्त्य हुन नसक्नुको अर्को प्रमुख कारण भनेको अपराधको राजनीतीकरण पनि हो । भ्रष्टाचार गर्नेहरू राजनीतिकै छत्र छायाँमा रमाइरहेको छन् । प्रत्येक राजनीतिक दलले आफूभित्र रहेका भ्रष्ट व्यक्तिलाई त्यो व्यक्ति पार्टीको कार्यकारी पदमै किन नहोस् खोजीखोजी पार्टीको साधारण सदस्यबाटै निष्कासित गर्नुपर्दछ । भ्रष्टाचार बढ्नुको अर्को कारण भनेको उच्च पदस्थ व्यक्तिमा राष्ट्र भक्ति र देशप्रेमको भावना कम हुनु हो । नेपालमा के हुन्छ र भन्ने अनि नेपाललाई लुटिरहने प्रवृत्ति बढी छ । जिम्मेवार व्यक्तिहरूको सोच नै यस खालको छ । समाजले भ्रष्ट व्यक्तिलाई बहिष्कार गर्नुपर्दछ । उसलाई समाजका कुनै पनि कुरामा मिलाउनु हुँदैन । भ्रष्टाचारका विषयमा मुछिएका र आरोप लागेका व्यक्तिप्रति समाज सचेत हुनुपर्दछ र भ्रष्टाचार गरेका प्रमाणित भएकालाई समाजबाटै महत्व नदिन अभियान सुरु गर्नुपर्दछ ।
नेपाली समाजले जिम्मेवार व्यक्तिको छनौट गर्दा हाम्रोलाई होइन राम्रोलाई प्राथमिकता दिनुपर्दछ । मेरो आफन्त साथीभाइ चिनजान भनेर समाज फस्नु हुँदैन । नातागोता छुट्टै कुरा हुन र जिम्मेवारीमा पुर्याउने कुरा पनि छुट्टै हो । समाजले मुलुक बनाउने कुरा सोच्नुपर्दछ व्यक्ति बनाउने कुरा होइन । यस्तो गरियो भनेमात्र भ्रष्टाचार जरैदेखि उखेलिन सक्दछ । समाजका सदस्यले आफ्नो समाज र राष्ट्रलाई बढी महत्व दिनुपर्दछ न कि कुनै विदेशी राष्ट्र समाज वा संस्कृतिलाई । हामी सबैले आफ्नो समाज, राष्ट्र र समुदायलाई माया गर्नुपर्दछ । सबैले आफूभन्दा बढी समाजलाई माया गर्ने हो भ्रष्टाचार कही कतै कहिल्यै हुँदैन । समाजले आफ्नो पैसामात्रै कमाउन होइन युवाशक्तिलाई पनि समाज, देश र राष्ट्रलाई माया गर्ने सिकाउनुपर्दछ । बालबालिकामा यो सिकाउनुपर्दछ ।
भ्रष्टाचार पद र शक्ति हातमा भएको मानिसहरूले गर्ने सामाजिक अपराध हो । सामान्य मानिसहरूले यस्तो गर्ने सामथ्र्य राख्दैनन् तर उनीहरूले यसको अन्त्यका लागि योगदान भने दिन सक्दछन् । उनीहरूले भ्रष्ट भनेर चिनिएको । व्यक्तिलाई मान भाउ दिनुहुँदैन । आफ्ना सन्तानलाई भविष्यमा त्यस्तो बाटोमा नलाग्न र त्यस्तो नबन्न सिकाउनुपर्दछ । समाजले अब इमानदारी र सत्यता भएकालाई इज्जत गर्नुपर्दछ । विभिन्न काण्ड र अपराधमा मुछिएकालाई बेवास्ता गर्नुपर्दछ । समाजले चाहयो भनेमात्र भ्रष्टाचार जस्ता समाजिक रोगलाई हटाउन सकिन्छ । समाजमा सरल र अनुशासित जीवनलाई सबै पक्षबाट प्रोत्साहित गरिनुपर्दछ, विकृति, विसंगती, बेइमानी र अत्याचार फैलाउनेप्रति समाज सहिष्ण बन्नु हुँदैन नेपाली समाजले यही कार्य गर्न सक्यो भने भ्रष्टाचारको नामोनिसाना कतै भेटिने छैन । समाजले पैसाको महत्व होइन सदाचारिताको महत्व पनि सिकाउनुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच