
काठमाडौं । सन् २००० मा मिस नेपालको ताज चुम्नुभएकी उषा खड्गीको डेब्यू अभिनय रहेको चलचित्र ‘नरसिंहाः अवतार’ जेठको ९ गतेदेखि सिनेमाघरमा आउँदै छ । चलचित्रमा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैबीच, यसको निर्माणपक्षले उषाको फष्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा उषा मुस्कुराउनुभएको छ । उहाँको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ ।
यो चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताउनुभएको छ । तर, चलचित्रमा उहाँ नायक राजेश हमालको जोडीको रूपमा हुनुहुन्छ या हुनुहुन्न त्यो भने खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताउनुभएको छ ।
उसो त उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ । तर, चलचित्रमा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उहाँको भनाइ छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाहीलगायत कलाकारको अभिनय छ । यो चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
जापानमा पनि प्रदर्शन हुने
चलचित्र ‘नरसिंहाः अवतार’ जापानमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेसँगै त्यहाँ प्रदर्शन हुने पक्का भएको हो । निर्माण पक्षले कति रकममा चलचित्र जापान अधिकार बिक्री गरेको हो भन्ने बारे भने केही खुलाएको छैन । चलचित्र विदेशका धेरै देशमा एकसाथ प्रदर्शन ल्याउने तयारी भइरहेको निर्देशक भट्टराइले बताउनुभयो । चलचित्रको निर्माणपक्षले ६० फिट लामो पोष्टर सार्वजनिक गरेसँगै ‘नरसिंहाः अवतार’ चर्चामा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच