प्रभु लाइफको बिजनेस कन्फरेन्स

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ आयोजना गरेको छ । साउन १९ देखि २३ गतेसम्म सञ्चालित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता एवं शाखा उपशाखा कार्यालयका कर्मचारीलाई कम्पनीले सम्मान गरेको छ ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गर्नुभएको थियो भने कार्यक्रमको सहभापतित्व सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गर्नुभएको थियो । कार्यक्रममा आगामी व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन र मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

सम्मेलनमा देशभरिका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीको उपस्थिति रहेको थियो । पहिलो चरणमा बिजनेस कन्फरेन्सका उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरणमा क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष अमात्य र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले उत्कृष्ट व्यवसाय गर्नुहुने सिइओ क्लब तथा चेयरम्यान क्लब दर्जाका अभिकर्तालाई सम्मान गर्नुभएको थियो ।