पुष्पामा मनोज बाजेपयीको इन्ट्री ?

मुम्बई । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दाना आफ्नो आगामी चलचित्र ‘पुष्पाः द रुल’का लागि चर्चामा हुनुहुन्छ । यता, पुष्पाको दोस्रो संस्करणका लागि चलचित्र निर्माताहरूले भेटरान अभिनेता मनोज बाजपेयीसँग पनि सम्पर्क आएको छ ।

समाचारमा निर्माताहरूले मनोजलाई चलचित्रमा प्रहरी अधिकारीको भूमिका अफर गरेको दाबी गरिएको छ । तर, एउटा अन्तर्वार्तामा मनोजले सो समाचार हल्ला मात्र भएको स्पष्ट पार्नुभएको छ । पुष्पा-२ बारे सोधिएका प्रश्नमा उहाँले भन्नुभएको छ, ‘तपाईंहरूलाई यस्तो समाचार कहाँबाट आउँछ ।’

उहाँले आफूले पहिले पनि दक्षिण भारतीय चलचित्रमा काम गरेको र आफू राम्रो कथावस्तुको खोजीमा रहेको बताउनुभएको छ । उहाँले चलचित्रले कति कमायो भन्ने कुराले आफूलाई कुनै फरक नपर्ने पनि जिकिर गर्नुभयो ।

पुष्पा-२ लाई ठूलो बजेटमा निर्माण गरिँदै छ । भारतीय सञ्चारमाध्यमका अनुसार निर्माताहरूले यसका लागि ३५० करोड भारतीय रुपैयाँको बजेट तयार गरेका छन् । पुष्पाको पहिलो संस्करण ‘पुष्पाः द राइज’ करिब १९५ करोड भारतीय रुपैयाँको बजेटमा बनेको थियो । निर्देशक सुकुमारले चलचित्रको सुटिङ जुलाई महिनाको अन्तिम वा अगष्ट महिनाको सुरुवातबाट गर्ने बताउनुभएको छ । एजेन्सी ।