19th September | 2019 | Thursday | 2:07:42 PM

गायक भुवन चौलागाईंको ‘नेपाल बन्द’ गीत बजारमा (भिडियोसहित)

  POSTED ON : चैत्र २२, २०७४ (२:१७ PM)

गायक भुवन चौलागाईंको ‘नेपाल बन्द’ गीत बजारमा (भिडियोसहित)

हिमालय टाइम्स । गायक भुवन चौलागाईंले ‘नेपाल बन्द’ गीतको भिडियो बजारमा ल्याएका छन् ।

गायक चौलागाईंको आफ्नै शब्द रहेको उक्त गीतमा संगीत रमेश सेन्चुरीले भरेका छन् । अहिलेको युवा युवतीहरुलाई प्रहार गर्दै फेसबुक सिरियल र रेस्लिङको कारणले पार्नसक्ने प्रभावलाई उनले गीत संगीतमा उतारेका छन् ।

 नातेश्वर फिल्मस् प्रालिले उत्पादन तथा वितरण गरेको उक्त गीतमा गायक भुवन चौलागाईंलाई कमला थापाले साथ दिएकी छन् । कविता सुनुवार, करण श्रेष्ठ, कविता चौलागाईं, लिला श्रेष्ठ, बिनिता तामाङ, खेम पुन र डिल श्रेष्ठको अभिनय रहेको छ ।

कविता सुनुवारको कोरियोग्राफी रहेको उक्त गीत सुर डिजीटल रेकर्डिङ इस्टुडियोले अडियो उत्पादन गरेको हो । सागर गौतमले छायाकंन गरेको उक्त भिडियोलाई रमित वलीले सम्पादन गरेका हुन् ।



Views: 212

सम्बन्धित सामग्री:

आजको प्रतिनिधिसभा बैठक

: पुष ११, २०७५ (४:५१ PM)

प्रसाद ट्रेलर – निःसन्तानको पीडा

: कार्तिक १८, २०७५ (४:५२ PM)