रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता लिनुभएको छ ।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा  एमालेका जनार्दन ढकाललाई हराउनु भएको थियो ।

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?