सन्दर्भ : विश्व रेडियो दिवस

Read Time = 14 mins

✍️ जनक रावल
सञ्चारविनाको जगत कस्तो हुन्थ्यो होला, आज कल्पना पनि गर्न सकिँदैन । आजको पुस्ता अझ विशेष गरी युवा पुस्ता मोबाइल, ट्याबविना बाँच्न नसके भलैँ एक समय थियो, उहिलेको त्यो पुस्तालाई रेडियोविना बाँच्न मुस्किल थियो । कल्पना गरौँ त एकचोटि आज मोबाइल, टिभी, रेडियो, कम्प्युटर, ल्यापटप, ट्याब नहुने हो भने विश्वको रूप कस्तो हुन्छ होला ? अनि यी विद्युतीय माध्यमको उपयोग र प्रयोगले गरिने कामहरू ठप्प हुँदा हाम्रो दिनचर्या कस्तो हुन्छ होला ? त्यसमाथि हाम्रो देश नेपाल जस्तो गरिब र भौगोलिक विकटता भएको, गाउँ नै गाउँले भरिएको विकासोन्मुख परिवेशमा रेडियोभन्दा उपयुक्त अरू कुनै माध्यम हुन सकिने देखिँदैन ।

आमसञ्चारका विभिन्न भाध्यममध्ये रेडियो सबैभन्दा बढी सशक्त र प्रभावकारी माध्यम सावित भएको छ । अरूभन्दा रेडियो छरितो माध्यम हो । अन्य माध्यमजस्तै पत्रपत्रिका, टिभी, मोबाइल जस्ता माध्यमहरूमा जानकारी लिन वा मनोरञ्जन लिन शिक्षित हुन जरुरी छ तर रेडियोबाट प्रसारित विभिन्न ज्ञानबद्र्धक र मनोरञ्जनात्मक कार्यक्रम सुनेर शिक्षित वर्गमात्र होइन, कम शिक्षित र अशिक्षित श्रोताहरूले विभिन्न जनकारी, सूचना र सन्देशहरू प्राप्त गर्न सक्दछन् । रेडियो एकदम सर्वसुलभ माध्यम हो, विद्युत नपुगेको ठाउँमा पनि ट्रान्जिस्टर, ब्याट्रीको माध्यमबाट रेडियोका विभिन्न कार्यक्रम सुन्न सकिन्छ ।

पहिलो विश्वयुद्धताका प्रभावकारी भूमिकामा देखापरेको रेडियो दोस्रो विश्वयुद्धताका सन् १९३९ सम्म पुग्दा प्रत्येक दश बेलायती परिवारमध्ये आठ परिवारले रेडियो सेट राख्ने गरेको पाइएको थियो । अमेरिकी मुलुकहरूमा भने सन् १९२६ मा नेसनल ब्रोडकास्टिङ कर्पोरेसनको स्थापना भएको थियो ।

आज १३ फेब्रुवरी अर्थात् विश्व रेडियो दिवस, सन् १८८० मा जर्मनीका हर्ज भन्ने वैज्ञानिकले विद्युत् र चुम्बकलाई संयुक्त रूपमा राखे वा मिलाएपछि उत्पन्न हुने शक्तिलाई नै रेडियोको तरंग भनिन्छ भन्ने संज्ञा दिए । त्यसको करिब १९ वर्षपछि सन् १८९९ मा बेलायतमा बस्ने इटालियन नागरिक गुग्लिमो मार्कोनीले तिनै हर्जको रेडियोको तरंगमाथि अध्ययन गरेर रेडियोको आविष्कार गरेका थिए । उनले बेलायतबाट फ्रान्ससम्म विनातारको सन्देश पठाएर रेडियोको सुरुवात गरेका थिए भने त्यसको दुई वर्षपछि सन् १९०१ मा बेलायतकै क्रोनवालबाट अमेरिकासम्म विनातारको सन्देश पठाउन सफल भएका थिए ।

सन् १९१४ मा भएको प्रथम विश्वयुद्धको बेला युद्धरत मुलुकहरूले ताररहित सेटहरू अत्याधिक प्रयोग गरेका थिए । यसैलाई आधार बनाई आजकै दिन सन् १९२२ मा पहिलोपटक विश्वमा ब्रिटिश ब्रोडकास्टिङ कम्पनीको नामबाट निजी क्षेत्रको पहिलो रेडियोको स्थापना भयो । त्यसबेला रेडियो जस्तो सर्वसुलभ माध्यमले अखबार र पत्रपत्रिका जस्ता छापा माध्यमलाई असर गर्न सक्छ भन्ने हेतुले रेडियो स्थापनाको खुलेर सर्मथन गरेका थिएनन्, उनीहरूको सोचमा रेडियोको कारण छापा माध्यम संकटमा पर्न सक्दथ्यो र अखबारहरूको लोकप्रियतामा ह्रास आउन सक्ने शंका व्यक्त गरिएको थियो ।

सन् १९२६ मा बेलायतभरि मजदुर हड्तालको आयोजना भयो, जस्ले गर्दा केही समयका लागि बेलायतमा कुनै पनि पत्रपत्रिकाहरू प्रकाशित हुन सकेनन् । त्यस समयमा ब्रिटिश ब्रोडकास्टिङ कम्पनीले विभिन्न समाचार र जानकारी बेलायती जनतालाई प्रभावकारी रूपमा प्रदान गर्न सक्यो । यही मजदुर आन्दोलन विश्व रेडियो जगत र अझ भन्नुपर्दा बेलायतमा रेडियो पत्रकारिताको जग बन्न पुग्यो । यस आन्दोलनको एक वर्षपछि अर्थात सन् १९२७ मा बेलायती सरकारले उक्त रेडियोको सम्पूर्ण जिम्मेवारी सरकार मातहात लिएर कम्पनीको नाम परिवर्तन गरी ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन राखियो ।

पहिलो विश्वयुद्धताका प्रभावकारी भूमिकामा देखापरेको रेडियो दोस्रो विश्वयुद्धताका सन् १९३९ सम्म पुग्दा प्रत्येक दश बेलायती परिवारमध्ये आठ परिवारले रेडियो सेट राख्ने गरेको पाइएको थियो । अमेरिकी मुलुकहरूमा भने सन् १९२६ मा नेसनल ब्रोडकास्टिङ कर्पोरेसनको स्थापना भएको थियो । विश्व रेडियो पत्रकारिताको प्रमुख घटनाको रूपमा सन् १९३६ मा बेलायती राजा जर्ज छैटौंको शुभराज्याभिषेक समारोहलाई बीबीसीले पहिलोपटक प्रत्यक्ष प्रसारणलाई लिने गरिन्छ ।

नेपालमा रेडियो प्रसारणले सत्तरी वर्षभन्दा बढीको इतिहास बोकेको छ । विसं २००३ सालमा तात्कालीन राणा शासकले मात्र राणाहरूका लागि भनेर रेडियो प्रशारणको थालनी गरेका थिए । जुन रेडियो कासिराज पाण्डे भन्ने दरबारीया व्यक्तिको जिम्मा लगाइएको थियो र उक्त रेडियोले दिउँसो एकदेखि तीन बजेसम्म दुई घण्टा धार्मिक भजनहरूमात्र प्रसारण गर्दथ्यो भने करिब सात महिनापछि उक्त रेडियो पूर्णरूपले बन्द भएको पाइन्छ । सर्वसाधारण जनताले घरघरमा रेडियो राख्न पाउने अधिकार विसं २००४ सालमा तात्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले दिएका थिए, त्यसभन्दा अघि कुनै पनि आमनेपालीले रेडियो राख्न पाउँदैन थिए भने त्यसअघि राणाहरू, उनीहरूका आसेपासेहरूले मात्र रेडियो राख्ने अधिकार हत्याएका थिए ।

राणा शासनलाई निरंकुशताको हवाला दिँदै नेपाल र भारतमा पसेका नेपालीहरूले आन्दोलनको सुरुवात गरेसँगै विसं २००७ साल माघ महिनामा ‘यो प्रजातन्त्र रेडियो, हामी मुक्तिसंग्रामबाट बोल्दैछौँ’ भनेर एकचालीस मिटर ब्यान्ड सर्टवेभमा केही समयका लागि रेडियो प्रसारण भएको थियो । यो प्रसारण कुन ठाउँबाट भएको थियो भनेर कुनै प्रमाण भेटिएका छैनन् । तथापि उक्त रेडियो विराटनगरको रघुपति जुट मिलबाट प्रसारण गरिएको थियो भन्ने भनाइलाई मानिँदै आएको छ ।

औपचारिक रूपमा भने नेपालमा नेपाल रेडियोको स्थापना विसं २००७ साल चैत २० गतेका दिन भएको मानिन्छ । सुरुमा नेपाल रेडियोको ट्रान्सफर्मर क्षमता २५० वाट मात्रै थियो । राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ गर्ने, नेपाली कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेपाल रेडियोको स्थापना गरिएको देखिन्छ । सुरुमा नेपाल रेडियोबाट चार भाषा नेपाली, नेवारी, हिन्दी र अंग्रेजीमा समाचार प्रसारण गरिएको थियो । नेपाल रेडियोको प्रसारणलाई सुरुदेखि नै बिहानी सेवा, दिवा सेवा र बेलुकी सेवा गरी तीन भागमा बाँडेर जम्मा चार घण्टा प्रसारण समय मिलाइएको थियो ।

औपचारिक रूपमा नेपालमा नेपाल रेडियोको स्थापना विसं २००७ साल चैत २० गतेका दिन भएको मानिन्छ । सुरुमा नेपाल रेडियोको ट्रान्सफर्मर क्षमता २५० वाटमात्रै थियो । राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ गर्ने, नेपाली कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यसको स्थापना गरिएको देखिन्छ ।

तर, विसं २०१७ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय प्रसारणबाट नेवारी र हिन्दी भाषाका समाचारलाई स्थान दिन छोडियो भने प्रसारण समय पाँच घण्टा पुर्‍याइएको थियो । पछि विसं २०२५ सालमा दिनको सात घण्टा र विसं २०३० मा समय बढाएर बाह्र घण्टा कायम गरियो । विसं २०४५ सालदेखि भने शनिबार र अन्य सार्वजनिक विदाका दिनहरूमा थप प्रसारण गर्ने गरेको पाइन्छ । रेडियो नेपालको प्रसारण समयका पचास प्रतिशत हिस्सा गीत, संगीत र मनोरञ्जनले ओगटेको पाइन्छ भने बाँकी समयमा विभिन्न समसामयिक विषयवस्तुमा आधारित कार्यक्रमले स्थान ओगटेका छन् ।

रेडियो नेपालको विकास र विस्तारमा बेलायत, जापान, अमेरिका लगायतका देशहरूको ठूलो प्राविधिक तथा आर्थिक योगदान छ । रेडियो नेपालको करिब अढाई दशकको यात्रापछि मात्र देशको राजधानी काठमाडौंलगायत केही जिल्लामा फ्रिक्वेन्सी मोडुलेसनका रेडियो स्टेसनहरूलाई तात्कालीन श्री ५ को सरकारले प्रसारणको अनुमति प्रदान ग¥यो । आज देशभरि ठूलो संख्यामा एफएम स्टेसन सञ्चालित छन् र तिनले सेवा प्रसारण गर्दै आइरहेका छन् ।

तर पनि सत्य, तथ्य र विश्वासिला समाचार र कार्यक्रमका श्रोतहरूका लागि अरूमा भर पर्नुपरेको देखिन्छ । रेडियोका श्रोताहरू विस्तारै युटयुब, फेसबुक, मेसेन्जर च्याट, इन्ष्टाग्राम, ट्विटरलगायत समाजिक सञ्जालतिर ढल्केका पाइन्छन् । गाउँघरतिर मात्र आजकल रेडियोको क्रेज उस्तै पाउन सकिन्छ । आधुनिक विश्वका जनसञ्चारका माध्यम समाजिक सूचना पूरा गर्न हरतरहले प्रयासरत देखिन्छन् । तर, दिनहुँ फेरिएको प्रविधिले गर्दा नयाँ स्रोत र साधनको प्रयोगले पुराना माध्यम विस्थापित हुँदै गएका पाइन्छन्, अझ सबैभन्दा बढी असर रेडियोमा परेको पाइन्छ । नेपालमा मात्र नभई पूरै विश्वमै रेडियो प्रसारणमा संकट उत्पन्न भएको छ । खर्च व्यवस्थापनका लागि मुख्य आयका रूपमा प्रसारित हुने रेडियो विज्ञापनहरू, जिंगलहरूको अभाव छ अहिले ।

अहिले अधिकांश उद्योग, व्यापार प्रवद्र्धन गर्ने कम्पनीले सोसल मिडियाको प्रयोगलाई प्रभावकारी ठान्दै आइरहेका छन् । अहिले अनलाइन न्यूज पोर्टलहरूमा स्क्रोलिङ विज्ञापनले ठाउँ लिइरहेको देखिन्छ भने युट्युब, संस्थाका फेसबुक पेजलगायतमा श्रव्य र दृश्य प्रस्तुत हुने समाचार, मनोरञ्जनका सामग्रीले स्थान ओगटेको पाइन्छ । पहिले जस्तो रेडियो बोकेर हिँड्ने चलन हट्दै गएको पाइन्छ भने रेडियोमा प्रयोग हुने ब्याट्रीहरूको प्रयोग घट्नु, बिग्रिएको खण्डमा मर्मतको समस्या आउनु जस्ता कारणले रेडियोको लोकप्रियता घट्दै गएको देखिन्छ । दिनहुँ थपिँदै गएका चुनौतीको सामना गर्न नसकेको अवस्थामा आगामी दिनमा रेडियो सेवाहरू अवरुद्ध हुँदै लोप नहोलान् भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?