
काठमाडौं । चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएकोे छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रभित्रका महत्वपूर्ण दृश्यलाई समावेश गरिएको छ । ट्रेलरमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबीचको प्रेम र उतारचढाव पनि देख्न सकिन्छ ।
तीन मिनेट २६ सेकेण्ड लामो ट्रेलर हेर्दा अभिनेता अनमोललाई यसअघिका चलचित्रमा भन्दा फरक तथा परिपक्व तवरबाट आएको अनुमान गर्न सकिन्छ । चलचित्रमा अनमोल र जसिताका अलावा समृद्धि अर्याल, रवि काफ्लेलगायत कलाकारको अभिनय छ ।
सुयोग गुरुङको निर्देशन रहेको चलचित्र रोहित अधिकारी फिल्मस्ले ओएसआर डिजिटलसँग सहकार्य गरेर बनाएको हो । गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारी हुनुहुन्छ ।
निर्माता अधिकारीकै कथा रहेको चलचित्रको निर्माता ओमप्रकाश अग्रवाल हुनुहुन्छ । चलचित्रको सह-निर्मातामा मनोज वली र राम न्यौपाने रहनुभएको छ । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ । जेठ १० मा चलचित्र ‘पूजार सार्की’ र ‘दान्भी’ले पनि सिनेमाघरमा आउने घोषणा गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच