
काठमाडौं । वरिष्ठ पत्रकार सानु श्रेष्ठ सम्मानित हुनुभएको छ । काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय ओप्सना म्युजिक अवार्ड समारोहमा श्रेष्ठलाई पत्रकारिताका मार्फत नेपाली कला संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याांकन गर्दै सम्मान गरिएको हो ।
ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित समारोहमा श्रेष्ठसँगै पुण्यप्रसाद भट्टराई लाई सम्मान गरिएको थियो । पूर्वसञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको समारोहमा वरिष्ठ साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’लाई नगद राशीसहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।
गीतसंगीत क्षेत्रका विशिष्ठ व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सभापतित्व आयोजक समितिका प्रबन्ध निर्देशक ओमप्रकाश राईले गर्नुभएको थियो । समारोहमा राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक, भाषिक विधाका स्रष्टा, सिर्जना, प्राविधिकलाई समावेश गरी विभिन्न ३९ विधामा र अन्य गरी जम्मा ६३ अवार्ड तथा सम्मान अर्पण गरिएको थियो । कार्यक्रमको सहजीकरण अमिषा रिसाल र दीपेन्द्र शाहीले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच