
लण्डन । इंग्लिस क्लब चेल्सीले पोर्चुगिज फरवार्ड जाओ फेलिक्सलाई स्थायी बनाउने इच्छा देखाएको छ । चेल्सी स्पेनिस क्लब एथलेटिको मड्रिडबाट फेलिक्स भित्र्याउन चाहन्छ । फेलिक्सले २०२२/२३ को सिजनमा चेल्सीबाट लोनमा खेल्नुभएको थियो । उहाँले चेल्सीका लागि १६ प्रिमियर लिग खेलमा चार गोल गर्नुभएको छ ।
यसैगरी फेलिक्सले गत सिजन बार्सिलोनाबाट लोनमा खेल्नुभएको थियो । उहाँले गत सिजन बार्सिलोनाका लागि ३० स्पेनिस ला लिगा खेलमा सात गोल गर्नुभयो । एट्लेटिको र फेलिक्सबीचको सम्झौता सन् २०२७ सम्म रहे पनि क्लब उहाँलाई रिलिज गर्न तयार छ ।
सन् २०१९ मा पोर्चुगिज क्लब बेन्फिकाबाट एक अर्ब १३ करोड मिलियन पाउण्डमा एट्लेटिको भित्रिनुभएका फेलिक्सले ९६ स्पेनिस ला लिगा खेलमा २५ गोल गर्नुभएको छ । यसैगरी बार्सिलाना फेलिक्सलाई स्थायी बनाउन चाहन्छ भने बेन्फिका फेलिक्सलाई फर्काउने प्रयासमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच