हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका-३ उनापानी गाउँमा रहेका विद्यालयका प्रायः विद्यार्थी केही दिन यतादेखि धमाधम विरामी पर्न थालेका छन् ।
उनापानी र रिप गाउँमा रहेका विद्यालयका विद्यार्थी विद्यालय समयमा विरामी हुने गरेको कुन्नकोट प्राथमिक विद्यालय रिपका प्रधानध्यापक नवराज फडेराले बताउनुभयो । केही दिन यता यहाँका विद्यार्थी विरामी हुन थालेको प्रधानध्यापक फडेराको भनाई छ । छात्राहरु विरामी हुन थालेपछि छात्रहरु झाँक्रीको भेषमा पतुर्ने (नाच्ने) गर्ने गरेको उहाँले बताउनुभयो । विद्यालयमा विद्यार्थी विरामी हुन थालेपछि बिहिबार र शुक्रबार विद्यालय बन्द समेत गरिएको उहाँले बताउनुभयो ।
यस्तै वडा-२ लिप्नेमा रहेको लाली गुराँस माध्यामिक विद्यालयका विरामी पनि विरामी हुने गरेको प्रधानध्यापक काली बहादुर महताराले बताउनुभयो । विद्यार्थी विरामी भएपनि विद्यालय भने बन्द नगरिएको प्रधानध्यापक महताराले जानकारी दिनुभयो । विद्यालय समयमा विरामी भएका विद्यार्थीलाई घर पठाउने र उनीहरुका अभिभावकहरुले धामी झाँक्रीकोमा लगेर देवीदेवताको पुजा गर्ने गरेको बताइएको छ ।
यस्तै वडा-३ उनापानी गाउँमा रहेको देवकोटा प्रथामिक विद्यालयका विद्यार्थी पनि विरामी हुने गरेको बताइएको छ । यस क्षेत्र आसपासका प्रायः जसो विद्यार्थी विद्यालयमा विरामी हुने गरेको बताइएको छ । विद्यार्थी के कति कारणले विरामी हुने गरेका हुन् त्यो आफुहरुलाई थाहा नभएको विद्यालय प्रशासनले जनाएको छ ।
प्रायः जसो विद्यार्थी विरामी हुने थालेपछि उनिहरुको पठठनपाठन प्रभावित हुनुका साथै विद्यालयलाई पनि समस्या हुने गरेको बताइएको छ । यि विद्यार्थीमा अनौठो बिरामी देखिएको प्रधानाध्यापक महताराले बताउनुभयो । सुरुमा एक दुई छात्रामा काँप्ने, रुने कराउने र चिच्याउने गर्नुका साथै शरिर बाँउडिने समस्या देखापरेपनि पछि अधिकांस विद्यार्थीमा यो समस्या देखिने गरेको हो ।
छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानाध्यापक महताराले बताउनुभयो । विद्यार्थीमा अचानक विरामी हुने यो समस्या आफुहरुलाई जानकारी नभएको बताइएको छ । के कति कारणले विद्यार्थी विरामी हुने गरेका हुन् कसैलाई थाहा नभएको उहाँको भनाई छ । महिला पुरुष विद्यार्थीमा देवता आएर धामी झाँक्रीको जस्तै शरीर काँप्ने गरेका छन् ।
विद्यार्थी अचानक बिरामी हुन थालेपछि स्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखामा विद्यार्थीको उपचारका लागि मनोचिकित्सकको चाँडो व्यवस्था गर्न पत्रचार गर्ने उहाँले बताउनुभयो । हुम्लामा यो समस्या विद्यार्थीमा दोस्रो पटक देखिएको हो । गत वर्ष सर्केगाड गाउँपालिका केन्द्र हिमज्योति माधयामिक विद्यालयका विद्यार्थीमा समेत यो समस्या देखिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच