
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘एन्फा महिला लिग फुटबल-२०२४’ को उपाधि जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियलहरूलाई शुक्रबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गर्नुभएको छ ।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लबमा आबद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवि उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्नुभएको हो ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबका सविता रानामगर सर्वोत्कृष्ट खेलाडी, सावित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल हुनुभएको थियो ।
यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लवका महिला फुटवल टिमले एन्फा महिला लिग फुटबलको उपाधि जित्न सफल भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच