आध्यात्मिक क्षरकलाहरू-२

✍️ प्रा.डा. कुलप्रसाद कोइराला

(यसभन्दा पहिले मैले आध्यात्मिक क्षरकलाका सम्बन्धमा पञ्चप्राणको कुरा गरेको थिएँ । आज फेरि यसैलाई वेद र उपनिषद्ले कसरी कति संख्या संकेत गर्दछन् भन्ने विषयमा पाठकवर्गको चन्चु प्रवेशका लागि खननयन्त्र (डोजर) चलाएर डोरेटो कोर्दैछु ।)

शरीरात्मा, वैश्वानर, तैजस, कर्मात्मा, चिदाभास, विभूति, उज्र्ज र श्रीसमेत गरी भूतात्माका आठ भेदको मैले यसभन्दा पहिलेका शृंखलामा कुरा गरेको थिएँ । आज म यिनको उत्तरोत्तर बढ्दो संख्या यजुर्वेद, ऋग्वेद र बृहदारण्यकोपनिषत्का बलमा व्याख्या गर्नेछु । यो संकेत मन्त्र ब्राहृमणात्मक वेदमा भेटिन्छ । यिनका अतिरिक्त भूतात्माको सहचारी हंसात्मा नाम भएको एउटा अर्को पनि आत्मश्रुतिले बताउँदो रहेछ । अलि पहिले मैले श्रुति भनेको मन्त्रसंहिता, ब्राहृमण, आरण्यक र उपनिषत् सबै हो पनि भनिसकेको छु ।
स्वप्नेन शारीरमसि प्रहृत्यासुप्तः सुप्तानभिचाकशीति ।
शुक्रमादायपुनरेति स्थानं हिरण्मयः पौरुष एव हंसः ।।
प्राणेन रक्षन्नवरं कुलायं बहिः कुलायाद मृतश्चरित्वा ।
स ईयते अमृतो यत्रकामं हिरण्मयः पौरुष एष हंसः ।।
पञ्चीकृत वायुका आधारमा सूर्यमण्डलबाट प्राप्त ज्योतिबाट विज्ञानयुक्त र चक्रज्योतिका सहयोगले पनि प्रज्ञानसम्पन्न भएर यो हंसात्मा भूतात्मासँगै शरीरमा बसेको हुन्छ । शरीरका अवयव मासु, रगत, हाड, बोसो, वीर्य आदिसँग चाहिँ यसको कुनै पनि प्रकारको सम्बन्ध रहँदैन । कर्मजन्य संस्कार पनि यसमा हुँदैन । जाग्रत्, स्वप्न र सुषुप्ति नामका तीन अवस्थाबाट पनि यो पृथक् हुन्छ । जुन बेला भूतात्मा सुषुप्तिका दशामा रहेको हुन्छ त्यो बेला पनि यो जागा नै रहेको मानिन्छ र यसले सुतेका मान्छेको रक्षा गर्ने काम गरिरहेको हुन्छ । जस्तो सर्प, बिच्छी आदिले आक्रमण गर्न लाग्दा सुतेको मान्छे ब्युँझेको देखिन्छ । अथवा उठ्ने समयमा जतिसुकै गहिरो निद्रामा भए पनि मान्छे ब्युँझन्छ ।

जति पनि काम हुन्छन् ती सबै यही हंसात्माले सम्पादन गर्छ भनिन्छ । सूर्यको प्रकाशबाट चैतन्य ग्रहण गर्ने हुनाले यसलाई उद्धृत श्लोकमा हिरण्मय भनेको पनि देखिन्छ । यो शरीरबाट बाहिर आएर चन्द्रमण्डल पर्यन्तको भ्रमण गर्दछ ।

यस्ता प्रकारका जति पनि काम हुन्छन् ती सबै यही हंसात्माले सम्पादन गर्छ भनिन्छ । सूर्यको प्रकाशबाट चैतन्य ग्रहण गर्ने हुनाले यसलाई उद्धृत श्लोकमा हिरण्मय भनेको पनि देखिन्छ । यो शरीरबाट बाहिर आएर चन्द्रमण्डल पर्यन्तको भ्रमण गर्दछ । अभिमन्यु मारिएपछि कृष्णले अर्जुनलाई चन्द्रलोकमा लगेर उनको पुत्रमोहको जालो च्यातिदिएको कुरो त हामी सबैले सुने पढेकै कुरो हो । शरीरबाट बाहिर निक्लेर फेरि गुँड (शरीर) मा फर्केर आउँछ । शुक्रग्रहणपछि यो फेरि आफ्नै स्थानमा फर्कन्छ पनि भनिएको हुनाले बाहिर घुम्ने भए पनि आफूले गर्नुपर्ने काम नबिराइकन गर्छ भन्ने पनि संकेत पाइन्छ । अचेल कतिपयले आत्मा बोलाउने गरेको पनि देखिन्छ ।

यो बोलाइने आत्म भनेको यही हंसात्मा हो र यसले आफ्नो स्मरण अनुसारको सन्देश आहृवानकर्ताका मुखबाट आहृवान गरिएका व्यक्तिका स्वरमा दिन्छ । मान्छेको शरीर कुनै जलाइन्छ, कुनै खाडलमा पुरिन्छ तर पनि यो वायुमण्डलमा घुमिरहेको हुन्छ । गरुड पुराणले यसलाई अतिबाही शरीर भनेको छ । यो कपास जस्तो हलुको हुन्छ । हावाले कहाँबाट काहाँ पु¥यादिने हुनाले त्यसलाई पिण्डपानी खान दिएर गह्रौं बनाउनुपर्ने कुरो आएको छ । यद्यपि यसमा रूप ग्रहणको सामथ्र्य पनि हुन्छ भन्ने उल्लेख कतिपय पुराणमा भेटिन्छ । भूतात्माका आठ भेदका साथै यसलाई पनि गणना गर्ने हो भने भूत परिस्थितिका नौ भेद हुन्छन् ।

पाँचवटा देवपरिस्थितिका सम्बन्धमा मैले यसभन्दा पहिले नै उल्लेख गरेको थिएँ । ब्रहृमपरिस्थितिका परात्पर, अक्षर, अव्यय र क्षर तथा अक्षर जो सर्वत्र व्याप्त सबै भेदलाई जोड्दा जीवात्माका अठार आयतन हुन्छन् । यसरी आयतनका भेदबाट ईश्वर तथा जीवका बीचमा अठार अठार भेद बताइएको देखिन्छ । क्षरपुरुषका जुन पाँच आध्यात्मिक कलाहरू बताइयो त्यसमा शान्तात्माको आयतन चाहिँ बीजचितिबाट बनेको हुन्छ । महानात्मा, विज्ञानात्मा, प्रज्ञानात्मा र प्राणात्मा चाहिँ देवचितिका आधारमा प्रतिष्ठित रहेका मानिन्छन् भने भूतात्मा स्वभावतः भूतचितिसँगै सम्बद्ध हुन्छ ।

प्रजा र वित्त यी दुईवटै भूतात्माकै परिग्रह मानिन्छन् र शरीरभन्दा बाहिर हुन्छन् । प्रजानाम सन्तानको हो र वित्त चाहिँ सम्पत्तिलाई भनिन्छ । यसरी हेर्दा सन्तान र धनसम्म पनि आत्माको व्यप्ति देखिन्छ । पुत्रैषणा र धनैषणामा नीच तथा मध्यमस्तरीय मान्छे हिरिक्क हुने कारण यो पनि हो । यसरी पुरुषत्रयको निरूपण वेदले गरेको देखिन्छ र क्षरपुरुषको विकास नै यो दृश्यमान प्रपञ्च हो । अब म यो विकासको दिग्दर्शनतिर लाग्छु ।

क्षरपुरुषको पहिलो कलालाई ‘प्राण’ भनिन्छ । यो अति सूक्ष्म कला हो र अन्य समग्र कलाको जनक पनि । सूक्ष्मकलाबाट सूक्ष्मजगत् नै बन्दछ भने स्थूलकलाबाट स्थूलजगत् नै । सूक्ष्मजगत्का मुख्यतत्व पितृ, देव, असुर, ऋषि र गन्धर्वलाई मानेको देखिन्छ । प्राणबाटै सूक्ष्मजगत्का ऋषिहरूको उत्पत्ति हुन्छ । वेदमा यी शब्दको अनेकौं अर्थ भेटिन्छ । ऋषि, पितृ, देव, असुर, गन्धर्व आदि त्यही अर्थमा मात्रै प्रयुक्त छैनन् भन्ने कुरो बिर्सियो अनि पण्डित खण्डित बन्न पुग्दछ किनभने मनुले भनेका छन्-
ऋषिभ्यःपितरो जातापितृभ्यो देवदानवाः ।
देवेभ्यश्च जगत् सर्वं चरस्थाण्वनुपूर्वशः ।।
ऋषिबाट पितृ, पितृबाट देउता र असुर, देउता र असुरादिबाट स्थावर जंगमात्मक सारा जगत्को उत्पत्ति भएको हो । यो मनुको भनाइ वेदसम्मत रहेको देखिन्छ किनभने शतपथ ब्राहृमणको छैटौं काण्डको सुरुमा नै यो सबै जगत् सुरुमा असत् थियो भनिएको छ । असत्को मतलव यो रूपमा थिएन । स्वाभाविक रूपमा प्रश्न उठ्छ कुन रूपमा थियो त ? ‘ऋषयो वाव तेऽग्रे असदासीत्’ अर्थात् यो जगत्को पूर्वावस्थामा ऋषि थिए । ऋषिलाई नै यहाँ ‘असत’ नामबाट संकेत गरिएको देखिन्छ । ऋषि कहिले थिए ? फेरि प्रश्न उठ्छ । यो जगत् सिर्जनाभन्दा पहिलेको अवस्थामा । किनभने मनुष्य रूप ऋषि त आरम्भमा हुन सक्ने कुरै भएन ।

यसको उत्तरमा ‘प्राणा वाऋषयः’ भन्छ वेदले । ती ऋषिहरू प्राणस्वरूपका थिए । ‘ऋतवः पितरः’ आदि वेदका ऋचामा ऋतु उत्पादक प्राणतत्वलाई नै पितृ भनिएको छ । शतपथ ब्राहृमणको १४औं काण्डमा जनक यज्ञको प्रसंग झिकेर याज्ञवल्क्य र शाकल्यका शास्त्रार्थका कुरा गरिएको देखिन्छ । यो कुरो (बृहदारण्यक, उपनिषत्, अध्याय ५, ब्राहृमण ९, कण्डिका १) मा आउँछ- ‘अथ हैनं विदग्धःशाकल्यः पप्रच्छ कति देवा याज्ञवल्क्येति । स हैतयैव निविदाप्रतिपेदे यावन्तो वैश्वदेवस्यनिविद्युच्यन्ते त्रयश्चत्री च शता, त्रयश्चत्री च सहस्रे त्योमितिहोवाच । कत्येव देवा याज्ञवल्क्य, त्रयस्त्रिदशदित्योमितिहोवाच । कत्येव देवा याज्ञवल्क्य, षडित्योमितिहोवाच । कत्येव देवायाज्ञवल्क्यत्रयइत्योमितिहोवाच । कत्येव देवा याज्ञवल्क्य, द्वावित्योमितिहोवाच, एकइत्योमितिहोवाच, अद्र्ध इत्योमितिहोवाचेत्यादि’ ।

ऋषिबाट पितृ, पितृबाट देउता र असुर, देउता र असुरादिबाट स्थावर जंगमात्मक सारा जगत्को उत्पत्ति भएको हो । यो मनुको भनाइ वेदसम्मत रहेको देखिन्छ किनभने शतपथ ब्राहृमणको छैटौं काण्डको सुरुमा नै यो सबै जगत् सुरुमा असत् थियो भनिएको छ ।

जब शाकल्यले प्रश्न गरे देवता कति छन् भनेर तब याज्ञवल्क्यले अनेकौं प्रकारले उत्तर दिएका छन् एक, डेढ, तीन, छ, तेत्तीस अनि फेरि तेत्तीस, सहस्र, लक्ष, कोटि आदि फेरि शाकल्यले प्रश्न गरेपछि याज्ञवल्क्यले विवरण प्रस्तुत गर्दै भने एक देवता जो प्राणस्वरूप छ त्यसैको विस्तार हुन्छ । प्राणबाट नै रयि (पदार्थ म्याटर) उत्पन्न हुन्छ । अतः र यीलाई प्राणको आधाभागमाने देवता डेढ हुन्छन् । पृथ्वी, अन्तरिक्ष र द्यु यीतिन देवता हुन् । यिनका पनि अधिष्ठाता अग्नि, वायु र सूर्यलाई बेग्लै या यिनकै साथमा गन्ने हो भने लोक र लोकाधिष्ठाता मिलाएर देवता छ हुन्छन् ।

यसमा पनि अग्निका आठ भेद छन् जसलाई अष्ट वसु भनिन्छ ।वायुका ११ भेद छन् जसलाई एकादश रुद्र भनिन्छ । सूर्य (आदित्य) का १२ भेद छन् जसलाई द्वादशादित्य भन्ने प्रसिद्धि सर्वत्र नै देखिन्छ । यी सबै मिलाउँदा ३१ भए । प्रजापति र इन्द्र नामका केन्द्र शक्तिलाई मिसाउँदा ३३ भए । यिनको उपाधि र प्रकार्यात्मक रूपबाट गन्ने हो भने त ३३ हजार, ३३ लाख, ३३ करोड, जति पनि भन्न सकिन्छ । यी तर्कबाट देवताको प्राणरूता र सबै जगत्को उत्पादकता स्पष्ट हुन्छ ।

यसै गरी असुर गन्धर्वादिको पनि प्राणरूपता सिद्ध हुन्छ । अब यी तत्वको जुनजुन प्राणीमा प्रधानता हुन्छ ती लोकान्तरका प्राणीलाई पनि यिनै नामबाट सम्बोधन गर्न सकिन्छ । पुराणले विस्तार गरेर श्रवणीय आख्यान यसै आधारमा बनाएका छन् । मुख्य ऋषि, पितृ देव आदि प्राणरूपका नै छन् । तिनकै सम्बन्धका कारणले यहाँ भनिएका नामबाट अन्यत्र पनि व्यवहार भएको देखिन्छ । यसमा ऋषि ७, पितृ ६, देव ३३, असुर १९, गन्धर्व २७ छन् । पूर्ण प्रजापतिको रूप भनेर यतिलाई नै मानिन्छ ।

यसो भएका कारणले यिनको आयतन पूर्णवृत्तमण्डल (गोलाकार) हुन्छ भन्ने कुरो अक्षरपुरुष निरूपणका क्रममा बताइएको प्रक्रियाअनुसार जब इन्द्र अक्षरपुरुषबाट चारैतिर प्राण फैलाइन्छ तब एकातिर जाने प्राणको समूहबाट एक मनुका नामबाट पृथक बन्छ र त्यो वृत्ताकार पनि हुँदैन । अर्कातिर जाने प्राणसमूह चाहिँ अद्र्धवृत्ताकार प्रलम्बात्मक बन्छ । यसलाई अद्र्धेन्दु भनिन्छ । यसका पनि दुई भेद हुन्छन् आग्नेय प्राण र सौम्य प्राण । आग्नेय प्राणलाई पुरुष भनिन्छ भने सौम्य प्राण चाहिँ स्त्री भनिन्छ । यसैका प्रधानताबाट प्राणीमा पुरुष र स्त्री गरी दुई भेद हुन्छन् । यसै आसयलाई श्रुतिले बताएको छ, प्रजापतिले आफ्नै शरीलाई दुई भागमा विभाजित गराए ।

ती दुवै पतिपत्नी रूपमा परिणत भए । अतः पुरुष र स्त्री आधा आधा अंग मानिन्छन् । यी दुवै पृथक पृथक सृष्टि गर्न अक्षम हुन्छन् । वैवाहिक विधिबाट जब दुवै संयोजित हुन्छन् दवै एकअर्काका पूरणांक बनेर एक बन्छन् भन्ने कुरो, ‘स वै नैव रेमे तस्मादेकाकी न रमते । स द्वितीयमैच्छत् । स हैतावानास यथा स्त्रीपुमांसौ सम्परिष्वक्तौ । स इममेवात्मानं द्विृधाऽपातयत्ततःपतिश्चपत्नी चाऽभवतां, तस्मादिदमद्र्धवृगलमिव स्व इति ह स्माह याज्ञवल्क्यः, तस्मादयमाकाशः स्त्रिया पूर्यते’ ।

बृहदारण्यकोपनिषत् अध्याय ३, ब्राहृमण ४, कण्डिका ३ मा यसरी व्याख्या गरिएको छ । यस्तै कुरो ऋक् १, ६४, ७, १, मा र १, १३८, २ मा र ऋक् ८, ६, ४९, अनि यजु १९, १० मा आएका छन् । पढ्ने मन भएका महानुभावले मैले दिएका उपनिषत् र ऋग्यजुर्वेदका ऋचा पल्टाएर हेर्न सक्नुहुनेछ ।

आध्यात्मिक क्षरकलाहरू-२