10th December | 2019 | Tuesday | 3:15:16 AM

संविधान संशोधन प्रस्ताव अघि बढाउने जिम्मा प्रधानमन्त्रीलाई

  POSTED ON : मंसिर ८, २०७३ (१२:४१ PM)

संविधान संशोधन प्रस्ताव अघि बढाउने जिम्मा प्रधानमन्त्रीलाई

हिमालय टाइम्स काठमाडौं । सरकार र मधेशी मोर्चाको संयुक्त बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्रीलाई जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार विहान बसेको बैठकले संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मा दिएको हो । बैठकमा प्रधानमन्त्रीले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सिमांकनका विषयमा संशोधन प्रस्ताव पेश गरिने तथा प्रस्ताव दर्ता भइसकेपछि प्रमुख प्रतिपक्षीसहित अन्य दलसँगसमेत छलफल गरेर सहमति खोजिने प्रस्ताव राखेका थिए। प्रधानमन्त्रीको प्रस्तावपछि बैठकमा सहभागी दलका नेताहरुले यसप्रति सकारात्मक धारणा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी थिए ।

Views: 96