22nd May | 2019 | Wednesday | 2:37:54 AM

शक्तिशाली आयोग बनाएर सीमांकन टुंगो लगाउन जनजाति अगुवाको माग

  POSTED ON : मंसिर १२, २०७३ (५:३९ AM)

शक्तिशाली आयोग बनाएर सीमांकन टुंगो लगाउन जनजाति अगुवाको माग

हिमालय टाइम्स काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद्मरत्न तुलाधर नेतृत्वको आदिबासी जनजाति आन्दोलनका अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन् । आइतबार बिहान बालुवाटारमा भेट गरी बुझाएको ज्ञापनपत्रमा संविधान संशोधन गर्दा पहिलो संविधानसभाको राज्य पूनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पूनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरिएको छ । प्रतिनिधि मण्डलले पहिलो संविधानसभाको समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सम्भव नभए सोहीअनुसार कार्यदेश दिई शक्तिशाली आयोग बनाएर सीमाङ्कनलगायतका विषय टुंगो लगाउन ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको बताउँदै सत्ता पक्षमा भएका पार्टीसँग एकपटक छलफल गरेर मात्रै यसलाई टुंगाइने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Views: 56