पुस्तकहरू लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार रमेश विकल तथा भैरव अर्यालसम्बन्धी पुस्तकहरू सोमबार लोकार्पण भएका छन् । समालोचक गोपी मैनालीद्वारा लेखिएको ‘रमेश विकल समालोचनात्मक अन्वेषण’ तथा ठाकुर शर्मा भण्डारीद्वार लेखिएको ‘हास्यव्यंग्य महारथी भैरव अर्याल’ शीर्षकका दुई कृति एकै मञ्चबाट लोकार्पण भएका हुन् ।

पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल तथा अन्य साहित्यकारहरूबाट संयुक्त रूपमा उक्त पुस्तकहरू लोकार्पण भएका हुन् । समारोहमा प्रमुख अतिथि रिसालले लेखकहरूले आर्थिक कारणले लेख्न र प्रकाशन गर्न पाइन भन्नु नपरोस् भनेर गोकर्णेश्वर नगरपालिकाले साहित्यसम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै र साहित्यमा सघाउ पुर्‍याउँदै आउनुका साथै यस नगरपालिकालाई साहित्यकारहरूको जमघटको थलो बनाउँदै आएको छ भन्नुभयो ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा रमेश विकल बारेको पुस्तकमा पुरुषोत्तम सुवेदी तथा खगेन्द्र लुइँटेल तथा भैरव अर्यालसम्बन्धी पुस्तकमा भागवत ढकाल तथा नरनाथ लुइँटेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

पुस्तकका लेखकद्वय मैनाली तथा भण्डारीले पनि पुस्तक लेखनको सन्दर्भबारे बोल्नुभएको थियो । अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमा गोविन्द घिमिरे, युवराज मैनाली, रोचक घिमिरेलगायतका वक्ताहरूले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?