आमिर खानकी छोरी इरा डिप्रेसनमा

हिमालय टाइम्स
Read Time = 2 mins

मुम्बइ । आमिर खानकी छोरी इरा खानले हालै डिप्रेशनको बारेमा कुरा गरेकी छिन् ।

इराले एक अन्तर्वार्तामा आफू पाँच वर्षभन्दा बढी समयदेखि डिप्रेसनसँग लडिरहेको बताइन् । आमाबुवाको सम्बन्धविच्छेदले आफूलाई त्यति असर नगरेको बताइन् तर करिब डेढ वर्षसम्म निकै दुःखी रहेकी थिइन्, त्यति मात्र होइन, खानपानसमेत छाडि दिइन् । इराले आफू मात्र नभएर परिवारका अन्य सदस्य पनि डिप्रेसन वा अन्य मानसिक समस्याको सिकार भएको बताइन् ।

इराले हालै अगस्टु फाउन्डेसन सुरु गरेकी छिन् । यसले मानसिक स्वास्थ्य समर्थन प्रदान गर्न काम गर्दछ। इराले उनका बुवा आमिर र आमा रीना यस संस्थाको सल्लाहकार बोर्डमा रहेको बताइन् । यति मात्र होइन, आमिरले यो फाउन्डेसन सुरु गर्न आईआरएलाई आर्थिक सहयोग पनि गरेका छन् ।

दिनमा आठ घण्टा रुन र १०–१० घण्टा सुत्दा आफूभित्र केही परिवर्तन भएको इराले बताइन् । जतिबेला इरा नेदरल्याण्डमा पढ्दै थिइन् । उनकी आमाले उनलाई डिप्रेसनमा रहेको महसुस गरेकी थिइन । इराले भनिन्, ‘तिमीलाई बाँच्न मन लाग्दैन ? भनेर एकदिन सोध्नु पनि भयो ।’

इराले आफु किन दुखी भएकी थिइन वा खुसी नभएको कुरा किन हो ? आफैँले बुझ्न नसकेको बताइन् । आमाबाबुले आफ्नै स्वेच्छाले छुट्टिँदा पनि उनी किन यति दुःखी भएकी थिइन् ? उनले बुझ्न सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?