
काठमाडौं । गायक राजनराज शिवाकोटी र गायिका टीका पुनको स्वर रहेको गीत ‘पान पुतली माया’ सार्वजनिक भएको छ । राजनराजकै शब्द, संगीत र राजन इशानको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
दिलीप समनको निर्देशन, सुनिल बुढाथोकीको सहायक निर्देशन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको रोमान्टिक अभिनय देख्न सकिन्छ । हरि हुमागाईंको छायांकन रहेको भिडियोमा नकुल खड्काले सम्पादन छ । मीना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच