काठमाडौं । चलचित्र ‘ईश्वर’ आशावादी रहेको अभिनेत्री कृष्टिन गुरुङ बताउनुहुन्छ । यही साउन ११ गतेदेखि सिनेमाघरमा आउन लागेको राजु गिरिद्वारा निर्देशित चलचित्र ‘ईश्वर’बाट आफू आशावादी रहेको उहाँले बताउनुभएको हो ।
गुरुङ भाषाका चलचित्रबाहेक अघिल्ला वर्ष प्रदर्शनमा आएको नेपाली चलचित्र ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गनुभएकी कृष्टिन ‘ईश्वर’मा भने प्रमुख भूमिकामा हुनुहुन्छ । उहाँका अनुसार चलचित्रका निर्माता ध्रुुव थापा र माओत्से गुरुङका कारण उहो यो चलचित्रमा जोडिनुभएको हो । ‘उहाँहरू यो चलचित्रका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनु भएको रहेछ । उहाँहरूसँग भेट भएपछि ईश्वरमा जोडिए ।’
चलचित्रको सार्वजनिक ट्रेलरमा कृष्टिनसँग चलचित्रका अभिनेता ध्रुव थापा र कलाकार बुद्धि तामाङको प्रेम देखाइएको छ । गुरुङ भाषाका चलचित्रबाट नेपाली चलचित्रमा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मनपराइ दिने कुरामा उहाँ ढुक्क देखिनुहुन्छ । ‘म ईश्वरबाट आशावादी छु । अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु । अरू फिल्मको लागि कुरा गरेकी छैन । ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरु फिल्म गर्ने या नगर्ने भन्ने टुंगो लाग्छ’, उहाँ भन्नुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच