
काठमाडौं । कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने ‘मिस ग्लोबल २०२५’मा नेपालको प्रतिनिधित्व विधि लम्सालले गर्ने हुनुभएको छ । ‘मिस नेपाल पिस-२०२४’की विधि कार्यक्रममा सहभागी हुन कम्बोडिया सोमबार साँझ पुग्नुभएको छ । उहाँलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उहाँलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गर्नुभएको थियो ।
२४ फेब्रुवरीदेखि ९ मार्चसम्म १५ दिन कम्बोडिया र थाइल्याण्डमा आयोजना हुने प्रतियोगीतामा उहाँ नेपालको एक्लो प्रतिनिधि हुनुहुन्छ । दुई दर्जन बढी देशका नर्सिङ सुन्दरी सहभागी हुने प्रतियोगितामा उहाँले नेपालको कलासंस्कृतिसमेत प्रस्तुत गर्नुहुनेछ ।
काभ्रेपलाञ्चोककी विधिले केहीअगाडि २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै ‘मिस नेपाल पिस’को उपाधि जित्नुभएको थियो । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच