
पाल्पा । तानसेनमा भएको वडास्तरीय रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं. ७ का सुमितकुमार घिमिरे र विशाल भण्डारीको जोडीले जितेको छ । फाइनल खेलमा वडा नं. २ का महेशमान बज्राचार्य र एबिन श्रेष्ठको जोडीलाई १७-२१ र १९-२१ को सेटले हराउँदै घिमिरे र भण्डारीले उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा महेशमान बज्राचार्य र एबिन श्रेष्ठको जोडी द्वितीय भएको छ । यस्तै, वडा नं. ३ का विनय खाती, खेम सारु र वडा नं. १ का कृष्ण अग्रहरी, दलबहादुर सारुको जोडी तृतीय भएको क्लबका अध्यक्ष प्रविनराज शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद २० हजार, रनिङ शिल्ड, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गरिएको छ । यस्तै, दोस्रो हुनेलाई नगद १० हजार प्रमाणपत्र र मेडल, तेस्रो हुने टिमलाई पाँच/पाँच हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरूलाई नेपाली कांग्रेस पाल्पाका सभापति तथा क्लबका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले नगद, प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गर्नुभएको थियो ।
खेलाडीलाई पुरस्कृत गर्दै प्रमुख अतिथि श्रेष्ठले क्लबले खेल क्षेत्रको विकासमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नारायण युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा नगरभित्रका १६ टोलीले सहभागिता जनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच