चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो, नजरबन्दमा राखेर तमासा गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उहाँलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गर्नुभएको छ ।

आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गर्नुभयो । उहाँलेसत्ता पक्षले बेलैमा प्रक्रिया अगाडि नबढाएर सफाइ दिएको आरोप लगाउनु भयो ।

ुहिजो संसदको अधिवेशन सकियो र संसदको कार्यकालै सकियो । महाअभियोग पारित भएन । दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो । त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । आफैं बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो । आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियोु उहाँले भन्नुभयो ‘तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्ने हुन्छ । कुनै पनि प्रस्तावको कार्यकाल हुन्छ । अवधि हुन्छ । संसदीय प्रक्रियाको प्रस्तावहरु कहिलेसम्ममा टुंग्याउने भन्ने हुन्छ । सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ ? मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो ? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीसले के गर्ने ?’

समानुपातिक उम्मेदवारको सूची टुङ्याउन एमालेको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीको निजि निवास बालकोटमा जारी बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने छ ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधार तय गरी संघतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार सचिवालयले टुंग्याउनेछ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट आजबाट सुरू भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने आयोगको कार्यतालिका रहेको छ ।

धेरै तितो नबोलौं यो सरकार कसरी बन्यो भनेर त छताछुल्लै भइसकेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

बैठकमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याउनु भयो । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गर्नुभयो । यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताउनु भयो। उहाँले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताउनु भयो ।

उहाँले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’

बैठकमा उहाँले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ …..भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’

संबोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताउनु भयो । प्रारम्भामा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताउनु भयो । यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामाकरण लगायत काम निकै राम्रोसँग गरेको बताउनु भयो । साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताउनु भयो ।

झापा ५ : गठबन्धन भन्दा बलिया ओली

काठमाडौं । सम्भवत आगामी प्रतिनिधि सभा निर्वाचनमा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह जिल्ला झापाको क्षेत्र नम्बर ५ बाट लड्दै हुनुहुन्छ । एमालेले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारेको छ ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले अध्यक्ष ओली यो क्षेत्रबाट अत्याधिक मतका साथ विजयी भएका कारण अहिले पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निर्विकल्प हुनु हो ।

माओवादी र एमाले गठबन्धन गरेर चुनावमा गएको त्यो बेला एमालेले झापामा राप्रपासँग चुनावी तालमेल गरेको थियो । क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङदेनलाई समर्थन गरेको एमालेले  झापाका अन्य ४ क्षेत्रमा राप्रपाको समर्थन बटुलेको थियो । अझ झापा ५ मा भने ओलीलाई औपचारिक रुपमानै राप्रपाले समर्थन गरेको थियो ।

त्यो बेला चुनावमा दुई ठूला कम्युनिष्ट घटकहरु एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धनकै कारण बहुमत पनि प्राप्त गरेका थिए । चुनाव पछि पार्टी एकता समेत भएको थियो ।

यसैबीच २०७४ को निर्वाचन र अहिलेको परिस्थितिमा केही बदलाव आएको छ । तर पनि यहाँ एमाले त्यति कमजोर भने देखिएको छैन ।

एमाले अध्यक्ष ओलीले यस्तो हाँक दिइरहेका बेला स्वयम् ओली नै आफ्नो क्षेत्रमा कति सुरक्षित हुनुहुन्छ त ?

यस्तो थियो २०७४ को निर्वाचन परिणाम

२०७४ मा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रका अतिरिक्त झापा ५ मा ओलीलाई राप्रपाको पनि समर्थन थियो । त्यतिबेला ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी बन्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी पराजित बन्नुभएको थियो । अधिकारीले २८ हजार २९७ मत ल्याउनु भएको थियो । उहाँहरुसँगै प्रतिनिधिसभाको चुनावमा लडेका अन्य उम्मेदवारहरुको कूल मत ५ हजार ९०९ मात्रै थियो ।

निर्वाचन अघि चुनावी गठबन्धन गरेका दुई कम्युनिष्ट घटकले पछि पार्टी नै एकीकरण गरेर नेकपा बनाएका थिए । भारी मतान्तरले त्यो निर्वाचन क्षेत्रबाट बिजयी बन्नुभएको ओली माओवादीको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री समेत बन्न सफल हुनु भएको थियो । पार्टी एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका नेकपाले एकल बहुमतको सरकार बनाएको थियो ।

यस्तो थियो गत स्थानीय निर्वाचनको वडागत अवस्था

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा पर्ने वडाहरुमा पार्टीका वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत गणना गर्दा एमालेका उम्मेदवारले पाएको मत सर्वाधिक छ। जसले अब पनि ओलीको जित सुनिश्चित रहेको आँकलन गर्न सकिन्छ।

एमाले अध्यक्ष ओलीले लड्दै आएको झापाको क्षेत्र नम्बर ५ मा गौरीगंज गाउँपालिकाका वडा नम्बरहरु ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नम्बरहरु १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिकाका सबै वडाहरु र कमल गाउँपालिकाका सबै वडा पर्दछन्। यी सबै गरी झापा– ५ मा २९ वटा वडा छन्।

२९ मध्ये एमालेले १८ वटा वडाध्यक्ष जितेको छ। त्यस्तै, कांग्रेसले ६ वटा, माओवादी केन्द्रले २ वटा, एकीकृत समाजवादीले एउटा, राप्रपाले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाध्यक्ष जितेका छन्। स्थानीय तहको निर्वाचनमा एमालेले २९ वटै वडामा अध्यक्षमा उम्मेदवार उठाएको थियो। ती उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ४१ हजार ६१९ थियो ।

कांग्रेसले १८ वटा वडाबाट २२ हजार ९३२ मत पाएको छ । अर्को दल माओवादी केन्द्रले वडाध्यक्षमा उम्मेदवारी दिएका ११ वटा वडाबाट ९ हजार ८७८ मत पाएको छ ।

एकीकृत समाजवादीले वडाध्यक्षमा उम्मेदवारी दिएका ८ वटा वडाबाट १ हजार ९८८ मत पाएको छ भने राप्रपाले २१ वटा वडाबाट ७ हजार ४६० मत पाएको छ ।

यसैगरी साना पार्टीका रुपमा चिनिएका पार्टीहरुले पनि यहाँ केही मत बटुलेका छन् । यहाँ जनमत पार्टीले ८३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७५४, मंगोल नेशनल अर्गनाइजेसनले २८४, लोकतान्त्रिक समाजवादी पार्टीले १११, नेपाली जनता दलले २६, राष्ट्रिय जनमुक्ति पार्टीले ६८, उन्नत लोकतान्त्रिक पार्टीले ९, विवेकशील साझा पार्टीले ६८ मत पाएका थिए ।

यसैगरी केही फरक–फरक वडामा स्वतन्त्र उम्मेदवारहरुले समेत उल्लेख्य मत पाएका छन् । उनीहरुले पाएको कूल मत ३ हजार ४८५ रहेको छ । यसअनुसार, सबै दल आ(आफ्नै ढंगले प्रतिस्पर्धामा उभिए भने ओली स्वतः विजयी हुने देखिन्छ ।

स्थानीय तहको निर्वाचनको आधारमा यस क्षेत्रमा ओलीले कांग्रेस उम्मेदवारभन्दा साढे १८ हजारभन्दा बढी मत पाउने देखिन्छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि त्यो मत ३४ हजार ७९८ मात्रै पुग्छ । त्यस अवस्थामा पनि एमाले अध्यक्ष ओली नै बलियो हुने देखिन्छ ।

अझ एमाले र राप्रपाबीच चुनावी तालमेल भएको खण्डमा परिणाम २०७४ कै जस्तो नहोला भन्न सकिन्न ।  राप्रपाले एमालेलाई समर्थन गरेको अवस्थामा ओलीको मत ४९ हजार ७९ मत पुग्ने देखिन्छ ।

राप्रपा पनि क्षेत्र नम्बर ३ मा एमालेको समर्थन लिएर चुनाव जित्ने दाउमा छ । सो क्षेत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र हो । पछिल्लो समय राप्रपाका अध्यक्ष  लिङ्देन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेको छ । उहाँहरुबीचको भेटवार्तामा के कुरा भयो भन्ने बाहिर नआएपनि आगामी निर्वाचनमा तालमेलका विषयमा कुराकानी भइरहेको सहज अनुमान गर्न सकिन्छ । यदि एमाले र राप्रपाबीच तालमेल भएको खण्डमा झापा ५ मात्र होइन झापाका अन्य क्षेत्र पनि सत्ता गठबन्धनलाई भारी पर्न सक्छ ।

भूमिसम्बन्धी नीति बनाउने एमाले निर्णय

काठमाडौं । एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो ।

महासचिव पोखरेलले विभागका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । विभागका उपप्रमुख भीम कार्कीको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्ययोजनाको प्रमुख कामका रूपमा भूमिसम्बन्धी नीतिपत्र तयारी र प्रकाशनलाई लिएको छ । बैठकले भूमिसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले गरेका कामको अभिलेख तयार गरी तिनलाई जनतासम्म पुर्याउने योजना विभागले बनाएको छ ।

त्यसैगरी, वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी गरेका कामको पनि अध्ययन गरी अभिलेख तयार गर्ने भएको छ । बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा पार्टीले तयार गर्ने घोषणापत्रका लागि सुझाव प्रस्तुत गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौं । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गर्नुभएको छ ।

अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराउनु भयो। शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट जानुभएको थियो। उहाँसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गर्नुभयो ।

बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराउनु भएको थियो ।

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन हुनुभएको छ ।

एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, उसले २२ भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्नुभएको छ। एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताउनु भयो । उहाँले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाउनु भयो ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भइरहेका छन् ।

उम्मेद्वार छनौटमा व्यापक पारदर्शिता हुन्छ, टिकट पाईसकेपछि जिताउन सिंगो पार्टी पंक्ति खर्लप्पै लाग्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ ।

सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी समेत गर्नु भयो । न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजि भईरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पार्नु भयो ।

सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहोऔयाउनु भयो ।

उहाँले भन्नु भयो, ‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो बैदेशिक सम्बन्धहरु बिग्री राख्या छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाँही नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन । नेपालले त्यसमा सन्तुलन गुमाईरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले । त्यसो भएको हुनाले विश्व समूदायसँग एउटा मैंत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने । नेपालको हितमा सम्बन्धहरु कायम गर्ने । त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो । अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामथ्र्य भएको शक्ति आवश्यक पर्छ । र, त्यो नेकपा एमाले हो । त्यसो हुनाले देश भित्रको आवश्यक्ताले नेकपा (एमाले)को नेतृत्व खोजी राखेको छ । अन्तराष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले)को नेतृत्व खोजिराखेको छ । यीनै कुराहरुका साथ हामी चुनावमा जान्छौं । र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ । र, यो केन्द्रिय कमिटी बैठकले त्यो सन्देश दिन्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताउनु भयो । उहाँले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दावी गर्नु भयो ।

उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पार्नु भयो । संवैधानिक व्यवस्था अनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामथ्र्यमा उभिएर निर्वाचनमा जाने उहाँको तर्क थियो । सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरुबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेकपा (एमाले)को मुख्य प्राथमिकता गठबन्धन होइन ।चुनावी तालमेल होइन । नेकपा (एमाले) आफ्नो तागतमा आफ्नो सामथ्र्यमा, आफ्नो घोषणा पत्रको आधारमा, आफ्नो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा जान्छ । र, पार्टीलाई सम्पूर्ण ढंगले यो निर्वाचनमा परिचालन गर्छ । गएको स्थानीय तह निर्वाचनमा हाम्रा केही नकारात्मक सन्देशहरु पनि छन् । पार्टी भित्र कहीँकहीँ उम्मेदवार छनौट नमिलेको, पारदर्शिता नभएको, पार्टी भित्र अन्तरघात भएको, मतहरु अदलबदल गरेको यस्ता केही घटनाहरु पनि प्रतिनिधिमूलक ढंगले विभिन्न ठाउँमा छन । त्यसो भएको हुनाले आउने चुनावमा त्यस्तो नहोस् भन्नका लागि उम्मेदवार छनौंटमै व्यापक पारदर्शिता गर्ने । जसले जित्न सक्छ, जो इमान्दार छ । त्यो साथीले टिकट पाओस् भन्ने ध्यान दिने । टिकट पाईसकेपछि उसलाई जिताउनका लागि सिंगो पार्टी पंक्ति खर्लप्पै लाग्ने । यो स्पिरिटका साथ यो केन्द्रिय कमिटी बैठकले सिंगो पार्टी पंक्तिलाई निर्देश गर्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताउनु भयो ।

 

निर्वाचनमा एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन केन्द्रीय कमिटीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।

शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताउनु भयो । उहाँले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भुमिका खेल्न पनि आग्रह गर्नुभयो । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ । यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भुमिका खेल्नुपर्दछ । यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दबाब । र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्दछ । र बेठिक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्दछ । जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । जनमत एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्लान त्यसका निम्ति ध्यान दिने । त्यसका निम्ति विभिन्न प्रकारका तरिका र उपायहरु अवलम्वन गर्ने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ ।’

केन्द्रिय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले शपथग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् ।

त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।

 

के ! एक्लिएको एमाले ओलीले भनेजस्तो ‘ब्रुस्ली’ बन्न सक्ला ?

काठमाडौं । दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो । लामो समय एकै दलमा सहकार्य गर्नुभएका र हाल एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहट पुगेर अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभयो ।

सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँटका लागि कार्यदल नै बनाएर अघि बढेपछि ओली गठबन्धनप्रति आक्रामक बन्नुभएको छ । मंसिर ४ को निर्वाचनमा अध्यक्ष नेपाल उम्मेदवार बन्ने चर्चा चलिरहेको रौतहट पुगेर उहाँले नेपालको मात्र नभएर गठबन्धनको चर्को आलोचना गरेर आफ्नो दलले बहुमत ल्याउने दाबी गर्नुभयो ।

‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो,’ उहाँले भन्नभएको थियो, ‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’ तर, ओलीले भने जस्तो उहाँको दलले बहुमत ल्याउने सम्भावनालाई भने गठबन्धनले धक्का दिने देखिएको छ ।

१६५ निर्वाचन क्षेत्रमा गठबन्धनले तालमेल मिलाएको खण्डमा गत प्रतिनिधि सभा निर्वाचनमा ठूलो बनेको दल यसपटक कमजोर हुने देखिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामहरुले पनि त्यसलाई नै देखाइरहेको छ ।

तर एमाले अध्यक्ष ओली गठबन्धन भए पनि आफूहरुलाई पराजित गर्न नसक्ने जसरी प्रस्तुत भइरहेका छन् । कार्यकर्तामा उत्साह भर्न समकालीन नेतामा उहाँ अग्रस्थानमा आउनु हुन्छ । तर गठबन्धन भएको खण्डमा त्यसलाई परास्त गर्न उहाँको दलले चुनाव जित्ने जसलाई पनि उम्मेदवार बनाउने रणनीति बनाएको देखिएको छ ।
यता सरकारमा रहेको पाँच दल पनि एमाले हराउन गठजोड गर्नै पर्ने दबाबमा छ । एक्लाएक्लै लडे एमाले हराउन नसकिने मनोदशाले उसलाई पनि पिरोलेको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंसिर ४ गते हुने निर्वाचनमा जित्ने उम्मेदवार पार्टीको प्रमुख एजेन्डा भएको बताउनु भएको छ । चारै तिरबाट एमालेलाई घेराबन्दीमा पारिएको भन्दै घेराबन्दी तोड्न पार्टीभित्र एक हुनुपर्ने उहाँको भनाइ छ ।

त्यसोत चुनाव आउँन साढे तीन महिना भन्दा लामो समय छ । यसबीचमा देशको राजनीति कता जान्छ भन्न सकिने अवस्था छैन । कुन दलको कुन दलसँग तालमेल हुन्छ र कसेले कहाँ जित्छ भन्ने फैसला जनताको हातमा भएकाले यसै भन्न हतार हुने भए पनि पछिल्लो अवस्था एमालेलाई सहज भने देखिएको छैन ।

मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलसँग तालमेल गर्दा त्यसको प्रत्यक्ष असर एमालेमाथि पर्छ वा यिनीहरुलाई हराएर एमाले अघि बढ्छ यसै भन्न नसकिने अवस्था छ । गएको स्थानीय तहमा एमाले एक्लै लड्दा पनि एमाले दोस्रो शक्ति बनेको छ । आगामी निर्वाचनसम्म उक्त गठबन्धनलाई भत्काउन खोज्नु एमालेको पहिलो अस्त्र हुने निश्चित प्रायस् छ ।

एमालेले तराईमा सिट संख्या बढाउने गरि लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरिरहेको छ । तर त्यसको सम्भावना पनि लगभग सकिएको एमाले नेताहरुले बताएका छन् । लोसपासँग नेपाली कांग्रेसले कुराकानी गरिरहेको छ र छलफल सकारात्मक भएको देखिएको छ । यसअघि स्थानीय तहको चुनावमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेको थियो । तर कमल थापाको दलको मत खासै देखिएको छैन । राप्रपाबाट विभाजित भएर बनेको राप्रपा नेपालसँग तालमेल गरेपछि राप्रपा एमालेसँग रिसाएको छ ।

कसैको साथ नपाउने भएपछि एक्लिएको एमाले अहिले गठबन्धनसँग एक्लै लड्न आफूहरु तयार रहेको र ुब्रुस्लीु स्टाइलले जित्ने बताइरहेको छ । अध्यक्ष ओलीले फिल्ममा ब्रुस्लीले पहिला कुटाइ खाए पनि पछि खेलमा फर्किएको जस्तो एमाले पनि चुनावी मैदानमा फर्कने दाबी गर्नुभएको छ ।

सोमबार ओलीले एक कार्यक्रममा भन्नुभएको थियो ‘ब्रुस्लीसँग कहिले, कहिले मोटा-मोटा, अग्ला-अग्लाहरूले खेलेको देख्नुभएको छरु त्यो रिङमा खेलेको देख्नुभएको होला नि ब्रुस्लीसँग रु ब्रुस्लीलाई हान्छन्, यता हान्छन्, उता हान्छन् । कहिले पछार्छन् । कहिले के गर्छन् । रगतपक्ष पार्छन् । ठ्याक्क चाहिएका बेला ब्रुस्लीले थपक्क उठाउँछ, फनन्न घुमाउँछ । उत्तानो पारेर पछार्छ र ढ्यापढ्याप पार्न लगाउँछ अम्पायरलाई । हामीले पनि चाहिएका बेला उत्तानो पारेर पछारेर निर्वाचन आयोगलाई भन्ने हो, ल तीन पटक ढ्यापढ्याप पार।’

ओलीले भनेजस्तो एमाले ‘ब्रुस्ली’ बन्न सक्छ कि सक्दैन त्यो भने चुनावी नतिजाले नै देखाउने छ ।