
संखुवासभा । संखुवसभाको मकालु गाउँपालिकाले मकालुमा जन्मिनुभएका २१ जना कीर्तिमानी आरोही ‘हिमचितुवाहरू’ को सम्मान गरेको छ । यही पुस १७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको तीन दिवसीय आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम दिन उक्त सम्मान गरिएको हो ।
सम्मानित हुनेमा दुईजना विद्यावारिधि हासिल गर्ने स्थानीय ब्यक्तित्वहरू डा.बलबहादुर पराजुली र डा.इन्द्रमणि राई, तेजबहादुर पोखरेल, उपप्रमुख चमेली राई, पालिकाभित्र जन्मिनुभएका पूर्वसांसदहरू तारामान गुरुङ, पासाङ शेर्पा, पूर्णप्रसाद राई र पूर्वपालिका प्रमुख स्व.खड्गबहादुर कटुवाल पनि हुनुहुन्छ ।
केही दातृ निकाय पनि सम्मानित भएको उक्त कार्यक्रममा संखुवासभामा बसेर मकालु गाउँपालिकालाई गीत, कविता, कथा, निबन्ध, उपन्यास, खोजका माध्यमबाट विगत २० वर्षदेखि निरन्तर सुपरिचित गराउने र पर्यटन विकासमा योगदान पुर्याउने छिमेकी चिचिला गाउँपालिकामा जन्मनुभएका मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीलाई पनि विशेष सम्मान गरिएको थियो ।
मकालु गाउँपालिकाका अध्यक्ष वङ्दी छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त सम्मान समारोहमा सांसद दीपक खड्काको प्रमुख आतिथ्यता थियो । यस्तै, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया, भोटखोला गापा अध्यक्ष वाङछेदर भोटे र उपप्रमुख साहाना भोटे, सभापोखरी गापाका प्रमुख भीमबहादुर लिम्बू र उपप्रमुख देवी चापागाईं, चिचिला उपप्रमुख मनकला राईलगायतको उपस्थिति थियो ।
समारोहमा सम्मानित ‘हिउँ चितुवा’हरूमध्ये विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने मकालु-१ का कीर्तिमार्नी मिङ्मा शेर्पा रहनुभएको छ । त्यस्तै मकालु-१ कै कीर्तिमानी पर्वतारोही सानु शेर्पा, छाङ दावा शेर्पा, टाँसी लाक्पा शेर्पा, मिङ्मा दोर्ची र मिङ्मा तेञ्जिङ शेर्पा रहनुभएको छ । यस्तै मकालु-१ कै लाक्पा शेर्पा, पासाङदावा शेर्पा र मरणोपरान्त तेन्जेन शेर्पा लामा, छिजी नुर्वु शेर्पा, फुर्वा शेर्पा रहनुभएको छ ।
यसैगरी मकालु-२ का कीर्तिमानी पर्वतारोही आङदावा शेर्पा, कुक्टु लाक्पा शेर्पा, निमादोर्ची शेर्पा, पेछुम्बे शेर्पा हुनुहुन्छ । यस्तै मकालु-२ कै सोना शेर्पा, मिङ्मागेलु शेर्पा, लाक्पा शेर्पा, मिङ्मा किपा शेर्पा, मकालु-१ का निमा रिञ्जी शेर्पा रहनुभएको छ ।
अन्य सम्मानित हुनेमा मकालु-२ का पूर्वस्वास्थ्य राज्यमन्त्री तथा संविधानसभा सदस्य तारामान गुरुङ, पूर्वप्रदेशसभा सदस्य पूर्णप्रसाद राई, मकालु-३ का पूर्वमकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल रहनुभएको छ । यस्तै मकालु-५ का पूर्वगाउँपालिका अध्यक्ष स्व. खड्गबहादुर कटुवाल (मरणोपरान्त) सम्मानित हुनुभएको छ । यस्तै मकालु-३ का पूर्वउपाध्यक्ष चमेली राई, मकालु-५ का डा.इन्द्रमणि राई, मकालु–३ का डा.बलबहादुर पराजुली र साहित्यकार ताराबहादुर बुढाथोकी रहनुभएको छ ।
कार्यक्रममा सम्मानित हुनेमध्येबाट बोल्दै मिङ्मा शेर्पाले आफूलाई सम्मानित गरेर मकालुको विकास र विस्तारमा थप जिम्मेवारी महसुस भएको बताउनुभयो । सम्मानित साहित्यकार एवं शिक्षक बुढाथोकीले किरातको मःपाःलुंको अपपभ्रंशबाट मकालु भएकाले यसको अंग्रेजी नाम ‘प्यारेन्ट माउण्टेन’ राख्न माननीय समक्ष कवितामार्फत प्रस्ताव नै गर्नुभएको थियो । उहाँले शिवधारा सवै धरमको गन्तव्य हुने कुराको वैदिक तर्क र प्रमाणहरू पनि कवितामा प्रस्तुत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच