
विराटनगर । क्यानडा नेपाल माउण्टेन फिल्म फेष्टिभलमा अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री हुनुभएको छ । प्रदीप चलचित्र ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता चुनिँदा मिरुना ‘जारी’ चलचित्रबाट उत्कृष्ट अभिनेत्री हुनुभएको हो ।
नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा कोशी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेष्टिभलमा वेष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, वेष्ट माउण्टने फिल्म ‘प्रेम गीत ३’, वेष्ट टुरिजम फिल्म ‘मन्त्र’, वेष्ट जुरी अवार्ड ‘बिच्छेद’, वेष्ट कल्चर फिल्म ‘जारी’, सर्वाेत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउण्ड’, वेष्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले आफ्नो पोल्टामा पारे ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो । वन तथा वातावरण मन्त्री नारायण मगरले उद्घाटन गरेको दुई दिन आयोजित फेष्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत पाँच देशबाट ४३ चलचित्र प्राप्त भएकामा फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी पाँच देशका २४ चलचित्र महोत्सवमा सहभागी गराइएको थियो ।
पर्यटन, कल्चर, माउण्टेन र पर्यावरणसँग सम्बन्धित वा ती विषयवस्तु समेटिएका चलचित्रहरूमात्र फेष्टिभल मा सहभागी गराइएको फेष्टिभलका अध्यक्ष तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले जनाउनुभयो ।
चलचित्र विकास बोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा जोडिएको फेष्टिभलेले नेपाली कलासंकृति तथा पर्यनटका विकास बिस्तारमा टेवा पुग्ने फेष्टिभलका निर्देशक अरुणकुमार प्रधानले बताउनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाल अध्यक्ष दयाराम पाण्डे, निर्देशक तथा इनास नेपाल च्याप्टरका उपाध्यक्ष ऋषि लामिछाने, निर्देशक समाजका कोशाध्यक्ष समुन्द्र भट्ट, निर्देशक कमल एक्चै मगर, निर्देशक समाजका सदस्य सत्यराज चौलागाईं, पर्शुराम चौधरी, फिल्म निर्माता चिरञ्जीवी बस्नेत, केशव रायमाझी, चलचित्र विकास बोर्ड आदिवासी, जनजाति, मातृभाषा प्रवद्र्धन समिति–संयोजक ज्योतिराज राई, गायक श्रीकृष्ण लुइँटेल, रविन श्रेष्ठलगायतको उपस्थिति रहेको कार्यक्रममा ‘चलचित्र सम्मान-२०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका सञ्चालक ओम अग्रवाल सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा अभिनेता सुवास मेचे, निर्देशक इन्द्र परियार, अभिनेत्री निलम खवास, अभिनेता राजेन्द्र भगत, सारदा शाक्य अभिनेत्री, अभिनेता सानुबाबा सुब्बा, एक्सन निर्देशक हेमनारायण राजबंशी, निर्देशक दीपनरायण रजबंशी, अभिनेत्री रेनु चौधरीलाई प्रदेश कलाकार सम्मान र अनुज सापकोटा, वीरेन्द्रकुमार शाह, सुमन भट्टराईलाई कदरपत्र प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच