
निरञ्जन मैनाली
यही फागुन २० गते मंगलबार यस लोकप्रिय राष्ट्रिय दैनिक पत्रिका हिमालय टाइम्समा देवकी गौतमको प्रकाशित ‘माओवादी सशस्त्र द्वन्द्व : आत्मग्लानि कि गर्वोक्ति ?’ शीर्षको लेख पढेपछि मलाई केही लेख्न मन लाग्यो । संसारका देशहरूमा भएका ठूला-ठूला परिवर्तन आन्दोलन र युद्धकै कारण भएका हुन् । नेपालमा पनि माओवादीको सशस्त्र युद्ध र त्यसको जगमा भएको जनआन्दोलनले नै हालको परिवर्तन सम्भव भएको हो । हामीकहाँ विसं २००७ सालमा १०४ वर्षीय राणा शासनविरुद्ध कांग्रेसले पनि ठूलो युद्ध गरेकै कारण राणाशासनको अन्त्य भएको हो । त्यस्तै किसिमले विसं २०२८ सालमा झापा विद्रोह हुँदै २०४६ सालमा सात पार्टीको जनआन्दोलनबाट एक दलीय निरंकुश राजतन्त्रको अन्त्य भई बहुदलीय व्यवस्थाको प्रादुभाव भएको हो । तर, यो व्यवस्थामा पनि जनताको कुनै किसिमको उपलब्धि नभएपछि विसं २०५२ फागुन १ गतेदेखि माओवादीले सशस्त्र युद्धको थालनी भएपछि केही परिवर्तन सम्भव भएका हुन् ।
माओवादीको आन्दोलनकै कारण मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा परिवर्तन सम्भव भएको हो । माओवादी आन्दोलनकै कारण नेपाल गणतन्त्र, संघीयता, समानुपातिक र समावेशी लोकतन्त्रको बाटो हिँडेको हो भन्ने कुरा लेखक देवकीले भन्न किन कन्जुसाइँ गर्नुभएको होला ? उहाँको लेखमा सत्र हजार जनताको हत्या पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुपर्छ भनिएको छ । त्यो सबै कांग्रेसका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले लिनुपर्छ । उनकै पालामा माओवादीका शीर्ष नेताहरूको टाउकाको मूल्य तोकर आंतककारी घोषणा गरिएको थियो । अर्को कुरा माओवादीले गरेको युद्ध गलत थियो भनेर बादल र बाबुराम औल्याउनुभयो तर उनीहरूले आफ्नो निजी स्वार्थका कारणले हिंसा भन्नु सत्र हजार शहीदको अपमान हो । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्तहरूले यस्तो भन्नु स्वभाविक नै हो भन्ने लाग्छ मलाई । तर, प्रचण्डले सशस्त्र युद्ध गरेको विषयमा आत्मग्लानि भयो भनेर इतिहासमा भन्नु हुन्न बल्कि गार्वोक्ति गर्नुहुन्छ भनेर बुझ्नु आवश्यक छ । यो महान् आन्दोलन थियो गर्वोक्तिको विषय । आत्मग्लानिको विषय कदापि हुन सक्दैन ।
बारा, कोल्हवी, हाल काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच