
काठमाडौं । वेदका ज्ञाता साहित्यिकार तिलकप्रसाद लुइँटेलको निधनको पहिलो वार्षिक स्मृति कार्यक्रम सोमबार सम्पन्न भएको छ । राष्ट्रिय सुसेली फाउण्डेशन तथा तिलक लुइँटेल स्मृति कोषको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्राडा.जगतप्रसाद उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो भने प्राडा.रामप्रसाद ज्ञवाली विशिष्ठ अतिथि रहनुभएको थियो । राष्ट्रिय सुसेली पाउण्डेशनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको सञ्चालन दीपक ढकालले गर्नुभएको थियो ।
वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँको स्मृति ग्रन्थ पनि विमोचन भएको थियो । कार्यक्रमा सम्पादकको तर्फबाट चन्द्रा न्यौपाने र पुस्तकको समीक्षात्मक टिप्पणी डा.रमेश शुभेच्छुले गर्नुभएको थियो । मिलनचोक पार्टी प्यालेस कपनमा आयोजना भएको उक्त कार्यक्रममा ईश्वरचन्द्र बानियाँ, गंगा कर्माचार्य पौडेल, प्राडा.रामप्रसाद ज्ञवालीले उहाँको योगदानमाथि प्रकाश पार्नुभएको थियो भने धन्यवाद ज्ञापन स्वर्गीय लुइँटेलका छोरा विभव लुइँटेबाट भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच